Saturday, 15 October 2016

धार्मिक कार्यक्रममा भएको भागदौडमा मृत्यु हुनेको संख्या चौबिस पुग्यो

bhagdaud२९ असोज, काठमाडाैं । भारतको वनारसमा  एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
घटनामा घाइते भएका अन्य २० जनामध्ये अझै केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
उत्तर प्रदेश धार्मिक महत्व बोकेको प्रसिद्ध सहर वनारसमा गुरुदेवका समर्थकद्वारा आयोजना गरिएको धार्मिक कार्यक्रममा आयोजकको अपेक्षाभन्दा बिसौँ गुणा बढी मानिस जम्मा भएपछि राजघाट पुलमा भीड बढेपछि प्रहरीले सहभागीलाई पुलबाट फिर्ता गर्ने क्रममा भागदौड मच्चिएपछि उक्त दुर्घटना भएको थियो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति वनारस क्षेत्रमा भएको उक्त दुःखद घटनाले आफूलाई मर्माहत तुल्याएको शनिबार ट्विटमार्फत जनाएका छन् ।
उनले  घटनापछि आफूले स्थानीय अधिकारीसँग कुराकानी गरेको र घटनामा ज्यान गुमाउने मृतकका आफन्तजनलाई दुई लाख राहतसहयोग दिने घोषणा गरेका छन्। साथै उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई पाँच लाखको राहत सहयाग घोषणा गरेकाे छ ।

No comments:

Post a Comment