दोहा । कतारमा पनि बडादशैं मनाइएको छ । गत मंगलबारका दिन परेको बडादशैं कतारमा भने शुक्रबारका दिनमा हर्षोल्लासका साथ मनाइएको छ।
कतारमा परिवारसँगै बस्तै आएका र अन्य केही नेपालीहरुले भने बडादशैंको दिन मंगलबार नै टिका थापेका थिए । आफु बस्ने क्याम्पमा उमारेका जमरा र रातो टिका निधारभरी लगाएर कतारको पर्यटकीय स्थल कर्नेसमा डुङ्गा चढेर रमाईलो गर्ने नेपालीहरु पनी प्रसस्तै भेटिए । टिकाको दिन मंगलबार परेको हुदा धेरै नेपालीहरुले भने छुट्टीको दिन शुक्रबार दशैं मनाए ।
कतारको राजधानी दोहा देखी ६० किमी टाढा पुगेर पाथेका कन्चन बचत समुहले दशैलाई हर्षोउल्लासका साथ मनायो । बचत समुहले दशै मिलन कार्यक्रमको आयोजना गरेको हो ।
मरुभुमिको छेउछाउमा हरियाली जंगलसँगैको अलखोर स्थित समुन्द्रको किनारमा उनीहरुले मनोरन्जनत्मक कार्यक्रमका साथ बडादशैंको टिका थापेका थिए ।
वर्ष दिनमा आउने नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंलाई प्रवासको ठाउँमा आफ्नै गाउँठाउँका साथिभाई र आफन्तहरुसँग मिलेर मनाएका थिए । दशैं मिलन कार्यक्रमका संयोजक केदार बानियाले दशैको शुभकामना दिँदै भने ‘प्रवासको ठाउँमा हामी एक परिवार भएर दशै मनाइरहेका छाैं।’
कार्यक्रममा बचत समुहका अध्यक्ष मिलन राईले विगत ६ बर्षदेखि कतारमा यसरी नै दशैं मनाउदै आएको बताए ।
नेपाली झण्डा फहराउँदै टिका
एकतिर बालुवाका थुप्रै-थुप्राहरु देखिने मरुभुमि र अर्कोतिर निलो समुन्दी्र छालको बीचमा नेपाली झण्डा फहराउँदै नेपालीले कतारमा दशैंको टिका थापेका छन् । त्यहाँ नेपालीहरुले सामुहिक रुपमा टिका ग्रहण गरिरहँदा नेपालकै झल्को मेटिन्थ्यो ।
आफ्नो बासस्थानदेखि धेरै टाढा पुगेर प्रवासमै भएपनि नेपालीहरुले नेपालको झल्को मेटेका छन् । दोहा, सनैया, वक्रालगायतका स्थानबाट बडादशैं मान्नका लागि नेपालीहरु वक्राको समुन्दि्र तटमा पुगेका थिए ।
विगत ६ वर्षदेखि कतारमा कार्यरत ईलामकी निर्मला लिम्बुले आफन्तहरुसँग दशै मनाईरहँदा घरपरिवारसँगै रहेको अनुभुति गरिन् । ‘विदेशमा बाध्यताले काम गरिरहेका छौ । त्यो पिडालाईआजको दिनले भुलाइदिएको छ,’उनले भनिन्-‘दशैको दिन छुट्टी थिएन, साथीहरुलेे खबर गरेपछ दशंै मनाउन यहाँ आएकी हुँ ।’
विगत ११ वर्षदेखि कतारमा कार्यरत मोरङ्गका दुर्गा कार्कीलाई दशैको दिनमा छुट्टी नमिल्दा दुःख लागेको बताए । ‘नेपालमा खुसीयाली मनाइरहेका थिए, हामी भने यहाँ विहानै काममा कुद्न पर्यो,’ उनी भन्छन् ।
अलखोरको समुन्दि्रक किनारमा दशैं मनाईरहेका भोजपुरका सांगे शेर्पा भन्छन-‘हामीले जहाँभने पाीहाम्रो आफ्नो सँस्कृतीलाई भुल्नु हुँदैन । यहाँ आफ्नै बाध्यता छ । त्यो बाध्यतालाई भुलेर मनाइरहेका छौं ।’
विगत २२ बर्ष देखि कतारमा कार्यरत उनले विगतका वर्षहरुमाभन्दा अहिले नेपालीहरुले आफ्ना चाडपर्वलाई कतारमा पनि खुलेरै मनाउने गरेको बताउँछन् । दशैंको दिन कम्पनीमा कार्यरत नेपालीहरु मिलेर टिका थापेको बताए ।
उनी भन्छन ‘सन् २००५ देखिकतारमा नेपालीहरु अत्याधिक आएका छन् । पहिले यसरी कुनै पनी चाडपर्व र कार्यक्रम गर्न सहज थिएन । नेपालीको चापसँगै अहिले सहज पनि भएको छ ।’
ताप्लेजुङ्गका कविन गुरुङ्ग ६ बर्षदेखि कतारमा कार्यरत छन् । उनले दशैको दिन परिवारको सम्झनामा नै बिताए । चाडबाडको बेला विदेशको तातोघाममा काममा खटिनु पर्दाको पीडा भने उनलाई सहि नसक्नु थियो ।
त्यस्तै खोटाङ्गकी जुनु राईले भने कतारमा आफ्नो परिवारसँगै दशै मनाइन् । यहाँका नेपाली दाजुभाईहरुसँगै चाडबाड मनाउन पाउँदा उनी खुसी नै छन् ।
विगत ५ वर्ष देखि कतारमा प्लम्बरको काम गर्दै आएका चन्द्रकुमार नेपाललाई भने दशैंको दिन कम्पनीले छुट्टी दिएको थियो । उनीहरुले आफ्नै क्याम्पमा उमारेका जमरासँगै बडादशैको टिका थापे ।
कतारमा रहेका नेपालीहरुले पनी यसैगरी विभिन्न स्थानमा आफन्तहरुसँग भेटघाट गरेर दशैं मनाएका छन् भने केही नेपालीहरु दशैका लागी बिदामा नेपाल पुगेका छन् ।

No comments:
Post a Comment