काठमाडौँ / प्रधानमन्त्री
पुष्पकमल दाहाललाई आगामी असोज २२ गतेदेखि सुरु हुने एसिएन कोअपरेटिभ समिटमा
भाग लिन थाइल्यान्ड सरकारले निमन्त्रणा गरेको छ । प्रधानमन्त्री निवास
बालुवाटारमा थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसान्टले भेटवार्ता गरी
एसियाली मुलुकका सरकार प्रमुखहरु सहभागी हुने उक्त सम्मेलनमा भाग लिन
प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैंककमा हुने दोस्रो सम्मेलनमा
सहभागिताका लागि थाई सरकारका तर्फबाट राजदूत भुट्टीसान्टले निमन्त्रणापत्र
हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नेपाल र थाइल्यान्डबीचको मैत्री
सम्बन्ध र आपसी हितका बारेमा समेत छलफल भएको थियो । रासस
No comments:
Post a Comment