दुई हप्ता जति अघि अर्थात् अगस्ट २४ का दिन उत्तर कोरियाले पनडुब्बी जहाजबाट प्रहार गर्न सकिने ५०० किलो मिटर प्रहार क्षमता दूरी भएको क्षेप्यास्त्र यसैगरी परीक्षण गरेको थियो । सो बखत पनि जापानको सामुद्रिक सीमारेखा भित्र पु्¥याई अन्तर्राष्ट्रिय सामुन्द्रिक सीमारेखा आचारसंहिताको उल्लङ्घन गरेको पनि रक्षा मन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमार्फत् आज पुनः दोहो¥याए ।
यता, उत्तर कोरियाली सर्वोच्च नेता किमजोङ उनले अगस्ट २४ को परीक्षण बृहत्तर सफल रहेको र यस कदमले आवश्यक परेमा अमेरिकी मूलभूमिमाथि उत्तर कोरियाले जहिले पनि लक्षमा नबिराई प्रहार गर्न सकिने शृखला क्षेत्रभित्र पारेको छ भन्ने प्रमाणित गरिदिएको बताउनुभएको छ ।
जी–२० राष्ट्रहरुको शिखर सम्मेलन जारी रहेकै बखत् आज बिहान फुर्सदको समयमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाइ र चीनका राष्ट्रपति सि जिनपिङ्गका बीच भेटघाट र अनौपचारिक छलफल भएको केही घन्टामै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्नुभनेको आफ्ना छिमेकी मुलुकलाई तर्साउन सकिन्छ कि भन्ने कुनियत प्रदर्शन गर्नु हो भनी रक्षा मन्त्रालयका प्रवक्ताले आशङ्का गरेका छन् । उत्तर कोरियाद्वारा आज बिहान परीक्षण गरिएको क्षेप्यास्त्र “रोडोङ” क्षेप्यास्त्र हुन सक्ने र यसको प्रहार क्षमता दूरी एक हजार किलो मिटर वा सोभन्दा बढ्तै पनि हुनसक्ने अनुमान गरिएको छ ।
जापानी सामुद्रिक तट इलाकानजिक प्रहार गरिएता पनि जापानलाई यसको कुनै जानकारी नदिइएको समेत दक्षिण कोरियाले आरोप लगाएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सङ्कल्प प्रस्तावलाई उत्तर कोरियाले बारम्बार ठाडै उल्लङघन गरिरहेको छ ।
हाल चीनको हाङ्झाउमा जी–२० राष्ट्रहरुको शिखर सम्मेलन भइरहेको मौका पारी आफ्नो आणविक एवम् क्षेप्यास्त्रजन्य सामरिक क्षमताको धाक लगाउने मनसायले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको समेत रक्षा मन्त्रालयका प्रवक्ताको सो बिज्ञप्तिले दोषारोपण गरेको छ । रासस÷एएफपी
No comments:
Post a Comment