Monday, 5 September 2016

पुनःसंरचनाका लागि सबै दल एकजुट हुनुपर्नेः राज्यमन्त्री जवेगु

२० भदौ, इलाम । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले सबै राजनीतिक दल एकजुट नभए राज्य पुनःसंरचनाको काम अघि बढ्न नसक्ने बताएका छन् ।
Shree Prasad Jabeguप्रेस सेन्टर इलामले आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा राज्यमन्त्री जवेगुले राज्य पुनःसंरचना अहिलेको आवश्यकता भएकाले सकेसम्म छिटो सबैले आ–आफ्ना तर्फबाट राज्य पुनःसंरचना आयोगलाई सहयोग गर्न आह्वान गरे ।
राज्यमन्त्री जवेगुले स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन तयार गरेपछि राजनीतिक दलको सहमतिका आधारमा स्थानीय तह पुनःसंचनाको विवाद समाधान हुने बताए। उनले स्थानीय निकायको निर्वाचनको तयारी सरकारले गरिरहेको जानकारी दिए ।
पत्रकार भेटघाटपछि जिविस र इलाम नगरपालिकाको संयुक्त आयोजनामा भएको कर्मचारी भेटघाटमा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङले इलाम नगरपालिकाको खानेपानी समस्या, शीतभण्डार सञ्चालन र सुकिलुम्बा विमानस्थल चाँडोभन्दा चाडो निर्माणका लागि पहल गरिदिन राज्यमन्त्री जवेगुसँग आग्रह गरेका थिए।
स्थानीय विकास अधिकारी मदन कोइरालाले जिल्लाको समस्या, चुनौती, जिविसले गरेको प्रगतिको विषयमा जानकारी दिँदै सडक क्षेत्राधिकार मापदण्ड विवाद अन्त्यका लागि पहल गरिदिन आग्रह गरे ।
रासस

No comments:

Post a Comment