Monday, 5 September 2016

छोराको जन्मदिनमा सत्यराजको तेस्रो भिडियो

satyaraj videoगायक, संगीतकार एवं गजलकार सत्यराज आचार्यले आˆनो महत्वाकांक्षी एकल गजल एल्बम ‘मधुशाला’ को तेस्रो भिडियो सार्वजनिक गरेका छन् । आफ्नो छोरा संगीतराज आचार्यको जन्मदिनको अवसरमा ‘आज एउटा खाम देखें, त्यहाँ तिम्रो नाम देखें’ बोलको म्यूजिक भिडियो युट्युबवाट सार्वजनिक गरिएको हो ।
सार्वजनिक भिडियोे लण्डन र स्कटल्याण्डमा खिचिएको हो । यस भिडियोको निर्देशन, छायांकन र सम्पादन स्कटल्याण्ड निवासी दिपेश रेग्मीले गरेका हुन् ।
भिडियोमा सत्यराज, निश्चल कार्की र प्रीथा भण्डारीले अभिनय गरेका छन् । गजल इतिहासमै पहिलो पटक एकल श्रष्टा सत्यराज आचार्यको लेखन, संगीत र गायन रहेको ‘मधुशाला’बाट यस अघि दुईवटा गजलहरु ‘काली’ र ‘मधुशाला’ सार्वजनिक भई सकेको छ ।

No comments:

Post a Comment