Thursday, 22 September 2016

सिचाईंमन्त्री गिरीलाई हृदयाघात, नर्भिक अस्पतालमा भर्ना

सिचाईंमन्त्री गिरीलाई हृदयाघात, नर्भिक अस्पतालमा भर्ना

६ असोज, काठमाडौं । सिचाईंमन्त्री दीपक गिरीलाई हृदयाघात भएको छ । नर्भिक अस्पतालमा क्रोनरी एन्जियोप्लास्टी गरेपछि उनी अहिले आराम गरिरहेका छन् ।
Dipak-Giri,-Ministerबुधबार राति मन्त्री गिरीलाई हृदयघात भएको थियो । उनलाई पछि नर्भिक अस्पतालमा विहीबार दुई बजे अस्पताल पुर्‍याइएको थियो ।
‘उहाँको तत्कालै एन्जिओग्राफी गरियो र क्रोनोरी एन्जिओप्लास्टी पनि गरियो,’ नर्भिक अस्पताल स्रोतले अनलाइनखबरसँग भन्यो ।
मुटुका धमनीमा रक्त प्रवाह खुलाउन एन्जिओग्राफी गरिन्छ । उक्त धमनी फेरि अवरुद्ध नहोस् भनेर धातुको क्वाइल राखिन्छ जसलाई स्टेन्टेन्ट भनिन्छ ।
कांग्रेस नेतासमेत रहेका मन्त्री गिरी नर्भिक अस्पतालको सिसियू कक्षको बेड नम्बर २०४ मा छन् । उनलाई अझै दुई-तीन दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

No comments:

Post a Comment