६ असोज, काठमाडौं । सरकारले मधेस आन्दोलनका घाइतेको उपचार खर्चका लागि
झण्डै डेढ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको
बिहीबारको बैठकले घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।
‘मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । यो १ करोड ४० लाख जस्तो छ,’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र (राम) कार्कीले भने ।
मधेसी मोर्चाले केही समय अघि मात्र घाइतेहरुको उपचार खर्चको विल गृह मन्त्रालयमा पेश गरेको थियो ।
मन्त्रिपरिषद बैठकले अल्ट्रा म्याराथन धाविका मिरा राईलाई ५ लाख उपचार खर्च दिने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषदको बैठकले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

No comments:
Post a Comment