होटल व्यवसायमा संलग्न बंगलादेशी नागरिक आइएसको सहयोगीको आरोपमा पक्राउ गर्दै सुरक्षाकर्मी ।
यस्तै २६ वर्षीय मोरोक्कन नागरिक भने फलाम वेल्डरको रुपमा मलेसियामा कार्यरत रहेको र उनको ‘देइस’ उग्रवादी समूहमा आवद्ध रहेको देखिएको बताइएको ।
पक्राउ परेपछि डिपोर्ट गरिएका सबैजनाको आतंकवादी संगठन देइसका मोहम्मद वान्डी मोहम्मद जेदीसँग साँठगाँठ रहेको देखिएको समाचारमा उल्लेख छ ।
प्रहरी प्रमुखले जारी गरेको विज्ञप्तीका उनीहरुलाई त्यहाँको अध्यागमन कानुनको १९५९/६३ प्रावधान अनुसार पक्राउ गरी देश निकाला गरिएको र मोरोक्कन नागरिकलाई भने हिरासतमै राखिएको बताइएको छ । खालिदलाई उद्धृत गर्दै पक्राउ परेका नेपालीलाई २० दिन अगाडि नेपाल डिपोर्ट गरेको उल्लेख गरिए पनि नेपालको अध्यागमन र सुरक्षा अधिकारीले अनविज्ञता जनाए ।
‘आतंकवादसँग जोडेर कुनै नेपालीलाई मलेसियाबाट डिपोर्ट गरेको विषयमा जानकारी आएको छैन,’ प्रहरी प्रवक्ता माधव जोशीले भने ।

No comments:
Post a Comment