काठमाडौं, २२ भदौ । अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
चीनले नेपालको तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारले प्रतिवद्धता नदेखाएको उसको बुझाइसमेत अवगत गराएको थियो ।
अब चिनियाँ राष्ट्रपति सी २०१६ भित्र नेपाल आउने सम्भावना टरेको छ । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छ’, एक उच्च सरकारी अधिकारीले भने ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा अनौपचारिक जानकारी आएको पुष्टी गरेको छ ।
No comments:
Post a Comment