काठमाडौं, २२ भदौं । नेता तथा पहुँचवाला व्यक्तिको उपचारमा हरेक वर्ष सरकारले करोडौं रकम बाँडिरहँदा एक युवकले भने उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या गरेका छन् । दोलखा मालुका १९ वर्षीय विजय खड्काले मंगलबार विहान त्रिवि शिक्षण अस्पतालको तीन तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
दुवै मिर्गौला फेल खाएका खड्काले त्रिवि शिक्षण अस्पतालमा डायलोसिस गराउँदै आएका थिए । डेढ वर्षयता उनले सातामा तीन दिन गराउनुपर्नेमा दुई दिन निःशुल्क र एक दिन आफ्नै खर्चमा डायलिसस गराउँदै आएका थिए ।
No comments:
Post a Comment