दक्षिण चीन सागरमा चीन र अमेरिकाबीच
घमासानको संकेत देखिएको छ । आक्रामक गतिविधी प्रदर्शन नगर्न अमेरिकी
राष्ट्रपतिले चेतावनी दिए लगत्तै चीनले विवादित समुद्री क्षेत्रमा युद्धपोत
तैनाथी बढाएको छ ।
फिलिपिन्सका रक्षामन्त्री डेलफिन लोरेनजानाले सोमबार फिलिपिन्सको रक्षामन्त्रालयले संकलन गरेका ६ वटा चिनियाँ तटरक्षक जहाज तथा अन्य जहाजका तस्विर सार्वजनिक गरेका छन् ।
फिलिपिन्स र चीन दुवैले दावी गर्दै आएको जनक्षेत्रमा चीनले युद्धपोत नैनाथ गरेपछि तनाव बढ्ने अनुमान गरिएको छ । सोमबार मात्र अमेरिकी राष्ट्रपति बराक ओबामाले चीनले आफ्नो आक्रामक ब्यवहारको परिणाम भोग्नु पर्ने चेतावनी दिएका थिए ।
जी २० सम्मेलनमा चीन पुग्दा अपमानित भएका ओबामाले त्यहाँबाट सिएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन् कि, ”हामी अन्तराष्ट्रिय मानक र नियमको पालना यसकारण गर्छौं किन भने हामी यसलाई मान्नु पर्छ भनेर होइन यसमाथि विश्वास भएर । दीर्घकालीनरुपमा अन्तराष्ट्रिय ब्यवस्था मजबुद गर्नु सबैको हितमा छ ।”
विश्लेषकहरुका अनुसार चीनले साइथ चाइना सीमा युद्ध भए लड्न तयार भएको संकेत दिएको छ । चीनले साउथ चाइना सीमा आफ्ना युद्ध पोत र सैनिक तैनाथीमा पनि वृद्धी गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
चीनले समुद्री क्षेत्रको विवदास्पद इलाका फाइअरी क्रश, सुबी र मिसचिफ रिफ्समा युद्धपोत हाउजिङको निर्माण गरेको छ । यो स्प्रैट्ली द्वीपको अंग भएको अमेरिकाको भनाइ छ ।
केही समय अघी मात्र चिनियाँ राष्ट्रपति शी जिनपिङले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका थिए । युद्ध जित्नका लागि सेना तयारी अवस्थामा रहनु पर्ने र थप मजबुद हुनु पर्ने उनको भनाइ छ ।
चीनले युद्ध जित्न सक्दैन- अमेरिका
अमेरिकाको संसदीय समितिले गरेको पछिल्लो अध्यनले चीनको सैनिक क्षमता कमजोर बन्दै गएको र चीनले भर्खरै कुनै युद्ध लड्न र जित्न नसक्ने निष्कर्ष निकालेको छ ।
चीनमा सैनिक प्रणाली निक्कै अत्याधुनिक हुँदै गएपनि युद्ध लड्ने र जित्ने अवस्थामा भने नरेहेको अमेरिकी समितिको निष्कर्ष छ ।

No comments:
Post a Comment