बुधबार बेलुका नेपाल सरकारका कामु मूख्य सचिव टंकमणि शर्मालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले ४५ दिनभित्र सबै भूकम्प पीडितले राहत रकमको पहिलो किस्ता पाउन नसक्नुको कारणबारे गम्भीर चासो राख्नुभएको थियो । भेटमा प्रधानमन्त्रीले आइतबार बिहान १० बजे पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बोलाउन कामु मूख्यसचिव शर्मालाई कडा निर्देशन दिनुभएको छ ।
‘भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने सरकारको घोषणा पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन, यसको समीक्षा हुन अत्यावश्यक छ, यसले मलाई निकै गम्भीर बनाएको छ ।’ प्रधानमन्त्रीले निर्देशक समितिको बैठकमा अहिलेसम्मका कामको समीक्षा र पूनरावलोकन गरिने बताउनुभयो । आवश्यक परे प्राधिकरणको संरचना, पदाधिकारी र कार्यप्रणाली बदलेरै भएपनि राहत र पूनर्निर्माणको कामलाई प्रभावकारी बनाउनु सरकारको कर्तव्य भएको उहाँले बताउनुभयो ।
आइतबारको बैठकमा पूनर्निर्माण प्राधिकरणको संरचना, पदाधिकारीहरुको कामको समीक्षा र बिकल्प, प्राधिकरणको कार्यप्रणाली, सबै पीडितले समयमै पहिलो किस्ता पाउन नसक्नुको कारण र सरकारले घोषणा गरेको थप एक लाख राहत रकम कार्यान्वयनका विषयमा गम्भीर छलफल गरिने प्रधानमन्त्रीले बताउनुभयो
No comments:
Post a Comment