Wednesday, 21 September 2016

अबिरल बर्षाका कारण सयौं घर डुवानमा

०७३ १९:०८:५१      20  6  0
 

badi-pahiro
बिदुर कटुवाल
उदयपुर, असोज ५ । उदयपुरको सदरमुकाम गाईघाटमा रहेको बरुवा खोलाको तटबन्ध फुट्दा त्रियुगा नगरपालिका २ स्थित साकेला थान बस्ति डुबानमा परेको छ । बस्ति नजिकको तटबन्ध भत्कदा ५ सय घर डुवानमा परेका हुन ।
बुधबार राती बस्तीमा बाढी पसेपछि उदयपुरका तिनवटै सुरक्षा निकाय परिचालन गरि सर्वसाधरणलाई उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले जानकारी दिए ।
प्रजिअ घिमिरेका अनुसार अहिले खोलामा पानीको सतह केही घटे पनि सर्वसाधरणहरुलाई सुरक्षित रहन आग्रह गर्नु भएको थियो । जिल्लाको कटारी, बेल्टार, रामपुर लगायतका क्षेत्रमा खहरेखोलाको कारण यातायातका साधनहरु ठप्प बनेका छन ।
जिल्लाबाट चल्ने कुनै पनि सवारी साधनहरु संचालन हुन नसकेको प्रहरीले जनाएको छ । सिद्धिचरण लोकमार्गको हर्देनी लप्से ठाँटी नजिक सडकनै पहिरो गई एक दिन यातयात अवरुद्ध भएको छ । यस्तै त्रियुगा नगरपालिका ५ भातीखकस्थित भडाझोर खोलामा आएको बाढीले स्थानीय गुरु ढकालको कृषि फारम बगाउँदा ११ राँगा तथा २२ वटा खसी बेपत्ता बनाएको नगर प्रहरी कार्यालय त्रियुगाले जानकारी दिएको छ ।
गएराती अविरल बर्षा सँगै परेको चट्याङले लागेर उदयपुरमा एकै घरका दुई जनाको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको बेला चट्याङले लागेर सिद्धिपुर गाविस २ का चक्रबहादुर मगर र जगत बहादुर मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
चट्याङले लागेर घाईते भएका मगर दाजुभाईलाई नेपाल प्रहरीले उद्दार गरि प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याई पुर्याउदा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिम प्रसाद सिलवालले बताए । प्रहरी निरिक्षक सिलवालका अनुसार स्थानीय खोलामा आएको बाढीको कारण उपचार गर्नको लागी बाहिर लान नसकिएको कारण प्राथामिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

No comments:

Post a Comment