Wednesday, 21 September 2016

पाकिस्तान युद्धको तयारीमा, भारतको मुकाबिला गर्न प्रधानमन्त्री शरीफको निर्देशन -

काठमाडौं, ५ भदौ । भारत प्रशासित क्षेत्र काश्मीरको उरीमा भएको आतंकवादी आक्रमण पश्चात भारत–पाकिस्तानबीच टकराव बढेको छ । पाकिस्तानले आफ्नो सैन्य क्याम्पमा आक्रमण गराएको भारतको बुझाइ रहेपछि उसबाट हुन सक्ने कुनै पनि कार्यको प्रतिरोध गर्न पाकिस्तानले पनि तयारी थालेको छ । न्यूयोर्कमा रहेका पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पाकिस्तानी प्रधानसेनापति राहिल शरीफलाई भारतबाट हुने कुनै पनि कारबाहीको सशक्त मुकाबिला गर्न निर्देशन दिएका छन् । इस्लामवादबाट देशको उत्तरी क्षेत्रमा हुने सबै उडान रद्द गरिएको छ । एयरफोर्सलाई तयारी अवस्थामा राखिएको छ । आपत्तकालीन अवस्थामा लडाकु विमान अवतरण गराउन केही सडकलाई खाली गराइएको छ । संयुक्त राष्ट्रसंघ महासभा बैठकमा सहभागी हुन न्यूयोर्क रहेका पाकिस्तानी प्रधानमन्त्री शरीफले सम्बोधन गर्दैछन् । यस्तै शरीफपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि सम्बोधन गर्नेछिन् ।

No comments:

Post a Comment