Monday, 26 September 2016

विमलेन्द्र निधिले मुद्दा फिर्ता लिनैलाग्दा टीकापुर घटनाका पीडित परिवारले देउवालाई घेरे!

विमलेन्द्र निधिले मुद्दा फिर्ता लिनैलाग्दा टीकापुर घटनाका पीडित परिवारले देउवालाई घेरे!
'टीकापुर घटनाको मुद्दा कुनै हालतमा फिर्ता हुँदैन'

काठमाडौं, १० असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले टीकापुर घटनाका दोषीलाई आम माफी दिने तयारी गर्दा टीकापुर घटनाका पीडित परिवारले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् ।
देउवालाई भेट्न टीकापुरमा मारिएका केशब बोहरा (जो यसअघि देउवाको अंगरक्षक थिए)की श्रीमती शारदा बोहरा लगायत पुगेका थिए । स्रोतका अनुसार भेटमा सभापति देउवाले उक्त घटनाका दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिने आश्वासन दिएका थिए ।
शारदा बोहरा
शारदा बोहरा
देउवासँगको भेटमा पतिको मृत्युपछि एकल भएकी शारदाले साँच्चिकै श्रीमानको हत्याराहरु छुट्न लागेका हुन् ? भन्ने प्रश्न गर्दा देउवाले कुनैपनि हालतमा टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिने जवाफ दिएको स्रोतले बतायो ।
उक्त घटनाका दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने, गृहमन्त्रीले भनेर हुदैन, यो निर्णय आफूले हुनै नदिने भन्दै देउवाले शारदालाई केही दिन कुर्न आग्रह गरेका थिए ।
यता टीकापुर घटनाको मुद्दा फिर्ता लिने तयारी गरेपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच विवाद चुलिएको छ ।

No comments:

Post a Comment