Monday, 3 October 2016

चीनले इथियोपियामा बनाइदियो विद्युतीय रेलमार्ग, नेपालमा कहिले ?

चीनले इथियोपियामा बनाइदियो विद्युतीय रेलमार्ग, नेपालमा कहिले ?

चीनले इथियोपियाको राजधानीबाट जिबुतीको बन्दरगाहसम्म जोड्ने ७ सय ५२ किलोमिटर लामो अफ्रिकाकै पहिलो बिद्युतीय रेलमार्ग निर्माण सम्पन्न गरेको छ । प्रति किलोमिटर १ सय २० घण्टाको दरमा कुद्ने रेल बनाउन चार अर्ब डलर खर्च भएको थियो । ६ बर्षभित्र तयार भएको यो रेल अहिले अन्तिम परिक्षणको क्रममा छ ।

‘राष्ट्रघातिहरुलाई जेल नहालेसम्म चीनबाट नेपालमा रेल आउदैन’ ।
नेपालको सन्दर्भमा चीनले बनाइदिएका बिशाल उद्योगहरु कोहि बन्द भए भने अधिकांश उद्योगहरु कमिसन खाएर कौडीको भाउमा निजीकरणका नाममा बेचिए । आफूले बनाइदिएका उद्योगहरु चलाउन नसकेपछि वा संरक्षण गर्न नसकेपछि नेपाललाई ठूलो सहयोग गर्नबाट चीन धेरै बर्ष मौन बस्यो । तर, केपी ओली प्रधानमन्त्री भएपछि चीनले नेपाली नेताहरुको बिकासप्रतिको बुझाइ परिबर्तन भएको महसुस गर्यो । त्यसैले तत्कालिन प्रधानमन्त्री ओलीको चीन भ्रमणमा केरुङ्गदेखि, काठमाण्डौ, पोखरा हुँदै लुम्बिनीसम्म रेल बनाउन चीनले सहयोग गर्ने सहमति भयो । र सर्वेका लागि चिनियाँ टोली नेपाल आएर काम समेत सुरु गरेको अबस्था थियो । चिनियाँ राष्ट्रपति दसैंताका नेपाल भ्रमणमा आउने र त्यहि बेला यो रेलको औपचारिक सिलान्यास हुने लगभग पक्का थियो । चिनियाँ राष्ट्रपति नेपाल आउँदा अरु पनि थुप्रै क्षेत्रमा चीनले लगानी गर्ने सम्झौता हुनेवाला थियो । तर, नेपाली नेताहरुलाई रेल चाहिएन सत्ता चाहियो । अनि केपी ओली सत्ताबाट बाहिरिएसंगै बिस्तारै यो योजनाको काम सेलाएर गयो । भारत जसरि भएपनि यो रेल बन्न नदिने षडयन्त्रमा लागेको थियो । भारतीय मिडियाहरुमा नेपाल चीन रेल लिंक बन्न लाग्यो भनेर रुवाबासी नै चलेको थियो । भारतीय मिडिया र भारत सरकारको लगभग एउटै धारणा रहेछ । नेपालमा चिनियाँ रेल आयो भने आफ्नो खरबौको ब्यापार डुब्छ भन्ने भारतलाई राम्ररी थाहा छ र भारतको त्यहि उद्देश्य पुरा गर्ने भित्रि शर्तमा बनेको प्रचण्ड सरकारले आलटाल नीति अबलम्बन गर्यो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणप्रति खासै चासो देखाएन र कुनै ठोस तयारि पनि गरेन । त्यसैले चीनले नेपालमा बनाई दिने भनेको रेल नेपाली नेताहरुको सत्ता स्वार्थका कारण ओजेलमा पर्यो वा तुहिनै लाग्यो भन्दा फरक नपर्ला ।

विकासका लागि अरु देशको मात्र मुख ताक्नु ठिक त् होइन तर अहिलेको स्थितिमा अरुको मुख नताकी बिकास गर्ने उपाए धेरै कम छ । किनकि बिकास निर्माण अगाडि बढाउने पूँजी र प्रबिधि हामीले बनाउन सकेका छैनौ । हाम्रो व्यवस्थापकीय क्षमता पनि एकदमै कमजोर छ । चीनले कुन मोडेलमा नेपालमा रेल बनाइ दिने हो ! ऋण लगानी गर्ने हो कि अनुदानमा बनाइदिने हो कि, नेपाल सरकारसंग मिलेर लगानी गर्ने हो एकिन थाहा छैन । तर, बिगतमा चीनले बनाइ दिएका अधिकांश उद्योगहरु अनुदानमा नै थिए । त्यसैले अहिले पनि चीनले अनुदानमा रेल बनाइदिन सक्छ भन्ने आशा गर्न सकिन्छ । यदि यो रेल बनेमा १८ करोड चिनियाँ बुद्धिष्ट र बाँकी चिनियाँ पनि पर्यटकको रुपमा लुम्बिनी र नेपाल घुम्न आउने छन् । सस्तोमा चिनियाँ समान नेपाल आइपुग्ने छ अनि नेपाली उत्पादन पनि सजिलै चीन पुग्नेछ । त्यसैले यो रेल बनेमा नेपालको कायापलट हुने कुरामा कुनै शंका छैन । यसबाट चीनको पनि ब्यापार बढ्ने छ र उसले गरेको लगानी समेत उठ्ने छ । जसले गर्दा तिब्बतको बिकासमा समेत थप बल मिल्ने छ । तर, जहिले पनि नकारात्मक सोच राख्न्ने भारत नेपालमा चिनियाँ रेल आएको कदापि देख्न चाहँदैन । तर आफू भने काठमाडौंसम्म रेल जोड्न चाहन्छ । दोष भारतलाई दिनुभन्दा पनि दोष हाम्रै नेताहरुमा छ । सत्तामा जान भारतसंग जस्तो पनि समझदारी गर्न पछि पर्दैनन् । सत्तामा टिकी रहन भारतीय चाहना अनुसार नै काम गर्दछन । त्यसैले ‘राष्ट्रघातिहरुलाई जेल नहालेसम्म नेपालमा रेल आउदैन’ ।
संसारको जुनसुकै कुनामा पनि आफ्नो ब्यापार तिब्र गतिले बिस्तार गरिसकेको चीनसंग अहिले खरबौ खरब डलर पैसा छ । आफ्नो देशमा ३० हजार किलोमिटर रेल लाइन बिस्तार गरिसकेको चीनलाई नेपालमा दुई–तीन सय किलोमिटर लामो रेलमार्ग बनाइदिनु उसका लागि कुनै ठुलो कुरा होइन । बदलामा ब्यापार बिस्तार बाहेक चीनले नेपालसंग अरु कुनै स्वार्थ राखेको छैन । मात्र नेपालमा तिब्बत बिरोधी गतिबिधि बन्द गरिदिए पुग्छ । एक चीन नीतिलाई नेपालले मानेकै छ र मान्नु नेपालकै फाइदामा छ । किनकि यदि चीनबाट तिब्बत छुट्टिने हो भने भोलि तिब्बतको कारणले चीनसंग ब्यापार गर्न नेपाललाई झन् ठूलो अफ्ठेरो पर्नेछ । दुइटा देश काटेर गरिने ब्यापार झन्झटिलो र महँगो पर्नेछ । त्यसैले तिब्बत चीनमै रहँदा नेपाललाइ धेरै फाइदा छ । बिडम्बना हाम्रा झुम्रे र झोले नेताहरुको सत्ता मोह र स्वार्थका कारणले भारतले नेपालमा बन्ने हरेक ठूला योजना भाड्न सफल हुँदै आएको छ । भारतीय रअले यसका लागि नेपालमा ठूलो लगानी गर्ने गर्दछ । भारतले नेपाली नेताहरुलाई कसरी खेलाउछ भन्ने कुरा अहिले त दुरदरार गाउँमा बस्न्ने साधारण नेपालीले पनि बुझेका छन् । आफ्नो कुनै अडान नभएका यी भ्रष्ट र स्वार्थी नेताहरुकै कारणले आज ४० लाख युवा बिदेसिन बाध्य छन र पनि नेताजीहरु बेला बेलामा कुर्लिञ्छन हामीले देशमा गणतन्त्र ल्यायौ भनेर, तर तिम्रो गणत्रन्त्रले जनतालाई चाँही के दियो भन्ने चाँही बुझ्दैनन् ।
ethopiyan-rel-trackजनता शिक्षित र सभ्य नभई देश बिकास हुन् सक्दैन् । त्यसैले अब कुनै पनि देशभक्त नेपालीहरु स्वार्थी र भ्रष्ट नेताहरुको पछि लाग्नु हुँदैन । इच्छाशक्ति हुने हो भने नेपालमा रेल बनाउनु कुनै गाह्रो काम होइन । अफ्रिकामा जस्तो गर्मी छैन र म्यानपावरको कमि छैन । शितल मौसम छ, त्यसैले बाह्रै महिना बिकास निर्माणको काम गर्न सकिन्छ । मात्र बन्द हड्ताल गर्ने पार्टीलाई कारबाही गर्नुपर्छ अनि जरिबाना गरिनुपर्छ । र बन्द हड्ताल गर्न संविधानमै प्रतिबन्ध लगाइनुपर्छ । अनि मात्र नेपालमा चिनियाँ रेल आउन सक्छ । नयाँ नेपाल बनाउने हो भने हामीले यस्ता कुरामा ध्यान दिनैपर्छ । संविधानमा लेखेर मात्र नयाँ नेपाल बन्दैन । चीन आफैले बनाइ दिन्छु भनेर सर्बे गर्ने, टोली पठाउदा समेत निर्माणको बाताबरण बनाउन छोडेर आलटाल गर्ने ? अनि वास्ता नगर्ने, सहयोग नगर्ने, यो कस्तो राजनीति हो ? सधैभरि परिस्थिती एउटै हुँदैन, मुड पनि सधैभरि एउटै हुँदैन । चीनमा पनि सरकार परिबर्तन हुनसक्छ वा सरकारको पोलिसी परिबर्तन हुन सक्छ, त्यसैले बनाइदिन्छु भनेको बेलामा बनाउने बाताबरण बनाउने कि बिगार्ने ? सरकार आउनु जानु स्वभाबिक नै हो तर देश बिकासका लागि गर्नुपर्ने महत्वपूर्ण काममा राजनीति किन ? यस्ता नेतालाई भोट हाल्ने हामी जनता कस्ता ? यस्ता नेताको पछि लाग्ने हामी जनता कस्ता ? यस्ता नेतालाई नचिन्ने हामी जनता कस्ता ? अझै पनि यिनै नेताले देश बनाउछन भनेर बिश्वास गर्ने हामी जनता कस्ता ?

No comments:

Post a Comment