कराँचीबाट अगाडि बढेको बोट गुजरात, महाराष्ट्रतर्फ आउँदै, तस्वीर आजतक
एजेन्सी - आफ्ना दुई निर्दोश सैनिकहरुलाई भारतले छलछाम गरेर मारेको दोष लगाउँदै पाकिस्तानले भारतसँग बदला लिएरै छाड्ने बताएको छ । पाकिस्तान आक्रमणमा ओर्लिएसँगै भारतीय पक्षले सीमा क्षेत्र लगायत त्यस आसपासका इलाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । पाकिस्तानबाट हुनसक्ने हमलालाई मध्यनजर गर्दै भारतले आफ्नो छिमेकी मुलुक पाकिस्तानको गतिविधिमा समेत निगरानी राखेको छ ।
भारतीय मल्टी एजेन्सी सेन्टरद्धारा जारी अलर्टमा भनिएको छ पाकिस्ततानको कराँचीबाट दुई वटा संकाश्पद बोट गुजरात वा महाराष्ट्र तर्फ आइरहेको छ ।
भारतीय गुप्तचर विभागले वर्तमान अवस्थालाई सन २००८ मा भएको हमलालाई झझल्को दिने प्रकारको अनुमान गरेको छ । सन २००८ को नोभेम्बर २६ मा मुम्बईको ताजमहल प्यालेस होटलमा कैयौं मान्छेको जयान गएको थियो ।
No comments:
Post a Comment