Monday, 3 October 2016

भारतीय सैनिकलाई छलेर २ आक्रमणकारी भागे

कश्मिरको बारमुलास्थित भारतीय सैन्य अखडामा आक्रमण गरेका २ आक्रमणकारी भारतीय सेनालाई छलेर भाग्न सफल भएको भारतीय सेनाले जनाएका छन् ।

आइतबार राति भएको आक्रमणमा संलग्न २ आक्रमणकारी भाग्न सफल भएको समाचारमा जनाइएको छ । घाइते भएका आक्रमणकारी पक्राउ गर्न भारतीय सेना चुकेको पनि सञ्चार माध्यमले जनाएका छन् ।

गए राति जम्मु कश्मिरको बारामुलामा आतंकबादी आक्रमण भएको थियो । भारतीय सेनाको ४६ राष्ट्रिय राइफल्सको क्याम्पमा आतंककारीले दुवै तर्फबाट गोलीबारी गरि ग्रिनेड फ्याकेँको भारतीय मिडियाले जनाएका छन् ।

यसै क्रममा भारतीय सेनाका एक जवानको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
यसैबीच बारामुला आक्रमणपछि भारतीय गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छलफल गरेका छन् ।

१० दिन भित्रै भएको दोश्रो आतंकबादी आक्रमणमा भारतीय सेना चुकेको भन्दै भारतीय मिडियामा भने कोकोहोलो मच्चिएको छ । सेना आतंकबादी परास्त गर्न असक्षम रहेको विश्लेषण समेत कतिपयले गरेका छन् ।

No comments:

Post a Comment