पाकिस्तानको सीमा क्षेत्रमा भारतीय सेनाको टाउको काट्नका लागि आतंकबादीको विशेष टिम तयार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पाकिस्तान प्रशिक्षित र समर्थित आतंकबादी समूहले विशेष ‘बोर्डर ऐक्सन टीम’ तयार पारेको समाचारमा जनाइएको छ ।
भारतीय गुप्तचर सूचनाका आधारमा प्रकाशित यो समाचारमा यो विशेष टिमले भारतीय सेनाको टाउको काट्ने विशेष तालिम लिएको छ ।
सन् २०१३ मा लश्कर-ए- तोइबा सम्बद्ध आतंकबादीहरुले लाइन अफ कन्ट्रोलमा एक भारतीय सैनिक जवानको टाउको काटेका थिए । उक्त घटना जस्तै अवस्था दोहोरिने खतरा पनि गुप्तचर सूचनाको हवला दिँदै औंल्याएको छ ।
रिपोर्टमा आतंकबादीहरुले बारामुला आक्रमणपछि त्यहाँ झण्डा फहराउने भारतीयहरुमाथि आक्रमण गर्ने तयारीमा आतंकबादीहरु रहेको उल्लेख छ । बारामुला जिल्लामा लश्कर र हिजबुल मजाहिदिन जस्ता आतंकबादी संगठनको पकड रहँदै आएको छ ।
मल्टी-एजेन्सी सेन्टरबाट तयार पारिएको गुप्तचर रिपोर्टमा भारतका सीमावर्ती क्षेत्र बांदीपुर, पुलवामा, बारामुला र अनंतनागका शैन्य शिविरमा आतंकबादी आक्रमण हुने उच्च खतरा रहेको भनिएको छ ।

No comments:
Post a Comment