
भारतीय सेनाले उक्त क्षेत्रमा बस्ती खाली गराएर सर्च कारवाही चलाएको छ । दिउसो पाकिस्तानबाट फायरिङ भएपछि भारतीय सेनाले त्यहाँका बासिन्दालाई अन्यत्र जान भनेक हो ।
घटनामा मानवीय हताहती नभएको बुझिएको छ । भारतीय गुप्तचर शुत्रले अव कश्मिरमा लुकेर बसेका आतंकबादीहरुले भारतीय सैनिक निशानामा आक्रमण गर्न सक्ने भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ ।
कश्मिर क्षेत्रमा मात्र घुसपैठबाट भारत छिरेका कम्तिमा १०० जना आतंकबादी बसिरहेको समाचारमा जनाइएको छ । उनीहरुले भारतीय सेनाको निशानामा आक्रमण गर्ने तयारी गरिरहेको समेत गुप्तचर संस्थाको दावी छ ।
अव भारतीय सेनाका अखडामा उरी वा पठानकोट जस्तै आक्रमण हुन सक्ने सूचना आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारत छिरेर हराएका पाकिस्तानीहरुको खोजी गर्न सरकारले उच्च शतर्क गराएको छ । नेपालीहेडलाइन्समा खबर छ!!

No comments:
Post a Comment