माधब शाही - कुवेतमा एक महिनाको अवधिमा पाँच जना नेपालीले ज्यान गुमाइसकेका छन् ।
वैदेशिक रोजगारीका लागि खाडी मुलुकहरु मध्य कुवेत पनि एक नेपालीहरुको गन्तव्य स्थल हो । यहाँ घरेलु कामदार देखी विभिन्न कम्पनीमा नेपाली कार्यरत छन् ।
तर विभिन्न कारणबस कुवेतमा नेपालीहरुले अकालमै ज्यान गुमाइरहेका छन् ।
गत साता सेप्टेम्बर १५ मा मुस्ताङ जिल्ला लेले गाविस वडा नम्बर ७ घर भएका आई बहादुर दर्जीले ज्यान गुमाएको थिए ।
उनी अढाई वर्ष देखी युनाईटेड फ्यासिलीटिज अफ म्यानेजमेन्ट ९ग्ँः० कम्पनीमा कामगर्दै आएका थिए ।
स्वास प्रस्वासमा समस्या आएपछि सहकर्मीको सहयोगमा अस्पताल पुर्याइएका आई बहादुर दर्जीको निधन भएको थियो ।
सेप्टेम्बर महिनामा मात्र ३ जनाले ज्यान गुमाइसकेका छन, सेप्टेम्बर १४ घरेलु कामदारको रुपमा ५ महिना पहिले मात्र कुवेत आएकी सुनिता रार्इ नाम गरेकी करिब ३० बर्षिय नेपाली चेलीले आत्महत्या गरेकी थिइन्,
देबदह–८ सितल नगरमा बस्ने करिब ११ बर्ष देखि कुवेतमा कार्यरत ३५ बर्षिया रमा ९लक्ष्मी० गुरुङको हृदयघात बाट गत सेप्टेम्बर ५ तारिख सोमबार असामयिक निधन भएको थियो ।
यस्तै ओखलढुंगा घरभएका ३४ बर्षिय नबि सुनुवारले अगस्ट १९ मा आफ्नै आवास स्थलमा आत्महत्या गरेका थिए ।
अगस्ट ३१ मा बसन्तपुर, कोट गाउँ, तनहुँका ४९ बर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेकै बिल्डिङको २ तल्ला माथिबाट खसेर निधन भएको थियो । - See more at:
No comments:
Post a Comment