Friday, 23 September 2016

भयानक दुर्घटना: मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु!!!!!

तनहुँको जामुने गाविस–७ धएरेमा आज अपराह्न टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पोखराबाट दमौली आउँदै गरेको ग १ प ८७४३ नंको मोटरसाइकललाई दमौलीबाट पोखरा जाँदै गरेको टिपरले ठक्कर दिँदा मनपाङ–१ का ढालबहादुर शाही र एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनापछि अहिले पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्ड अवरुद्ध छ ।

No comments:

Post a Comment