Sunday, 4 September 2016

अब रक्सीको नशा एक चुट्कीमा खत्तम त्याे कसरी ? यि यता हेर्नुस !

Tablet-2काठमाण्डाै  । अनुसन्धानकर्ताहरूले एउटा यस्तो औषधीको निर्माण गर्न सफलता पाएका छन् जुन औषधीले खानेबित्तिकै तपाईलाई रक्सी खाँदा लागेको नशा टाढा भगाइदिन्छ ।
क्यालिफोर्निया विश्वविद्यालयका युंगफेग लू को नेतृत्वमा गरिएको अनुसन्धानबाट यस्तो सम्भव भएको हो । उनीहरुका अनुसार उक्र क्याप्सुला दुई प्रकारका इन्जाइम राख्ने गरिन्छ जुन इन्जाइमले शरिरमा रहेको अल्कोहलको मात्रालाई तुरून्त हटाउने गर्छ ।
यो क्याप्सुलको प्रयोगले अल्कोहलको प्रयोगले नशामा रहेको मानिसको नशा एकैछिनमा हराउँछ ।  यो क्याप्सुल निर्माण गर्नका लागी अनुसन्धानकर्ताहरुले कृत्रीम इन्जाइमहरूको प्रयोग गरेका थिए । अल्कोहल अक्सीडेज नामक इन्जाइमले अल्कोहलको अक्सिकरणलाई बढाउने गर्छ ।
यसले नशा पैदा गर्ने हाइड्रोजन पेरोक्साइड निकाल्छ ।यस्तै, दोस्रो इन्जाइम हाइड्रोजन पाराक्साइडलाई पानी र अक्सिजनमा घोलेर नशालाई सान्त पारिन्छ । अनुसन्धानकर्ताहरूले दुवै इन्जाइमलाई पोलिमर क्याप्सुलमा राखिएको छ ।

No comments:

Post a Comment