Wednesday, 7 September 2016

नेपाल नै सिध्याउने डरलाग्दो इशाई मिसनको भयङ्कर खुलाशा !

कांग्रेसभित्रका नेताहरुमा देउवा, पाैडेल, महत र गगनलगायत नेताकाे ठूलाे टीम इसार्इ मेसनरीकाे डिजाइनमा चल्ने गर्छन्।
सन् १९९० को परिवर्तनपछि नेपाली कांग्रेसभित्र विश्व बैंक र आईएमएफको अगुवाईमा निजीकरणको नाममा अमेरिकी गुप्तचर संस्था (सीआईए)को प्रत्यक्ष प्रभाव हावी हुन गयो।
डा. निलकोइन तत्कालीन युएसएडअन्तर्गत खुला बजार अर्थनीति र उदारीकरणको निर्देशकको आदेश पालना गर्दै सोसलिस्ट इन्टरनेसनलको छात्रवृत्तिमा जर्मनीमा पढ्न गएका महेश आचार्य र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा (२०४८) मा गिरिजाले नियुक्त गरेका सिआइए एजेण्ट रामशरण महतलाई अगाडि सार्दै ३७ वटा राष्ट्रिय उद्योगहरू कौडीको मूल्यमा दलाल पुँजीपतिलाई बिक्री गरेर कमिसन खाई डुबाइयो। चीन–रुसद्धारा निर्मित भृकुटी कागज कारखानादेखि बाँसबारी छालाजुत्ता, जनकपुर चुरोट कारखाना यसका उदाहरण हुन्। टंकप्रसाद आचार्यले बोकेको राष्ट्रियता र प्रजातन्त्रसँगै डो¥याउने अडान गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई समाप्त गर्न गिरिजालाई प्रयोग गर्दै किनारा लगाइयो।
पश्चिमा धारविरोधी रहेकाहरूलाई सीआईएको निर्देशनमा दरबारभित्रको राणा केन्द्र चलायमान गराई भ्रष्टाचारको मुद्दामा जेल हालियो। त्यसको शिकार चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, खुमहादुर खड्का चरणबद्धरुपमा हुन पुगे। उनीहरूको पार्टीभित्र बलियो पकड थियो। स्मरण रहोस्, तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) ले इराकमा अमेरिकी हमलाको समर्थन ग¥यो। त्यसको विरुद्ध चिरञ्जीवी वाग्लेले कडा असहमति जाहेर गरेका थिए। त्यसैगरी जोशीले सशस्त्र प्रहरी बल त्यसको नाम अर्ध सैन्य बल राख्ने सेनाको योजनामा कडा असहमति जनाएका थिए। उनकै कारण सशस्त्र प्रहरी बल नामाकरण हुन गयो। त्यसैगरी राप्रपाका रविन्द्रनाथ शर्मा भ्रष्टाचारको कारबाीमा परे। मुख्य कारण उनी पनि पश्चिमा धार विरोधी थिए। तर सीआईए र क्रिश्चियन आईएनजीओसँग जोडिएकाहरू दरबार र सेनाको पश्चिमा धारसँग सम्बन्धित कसैलाई पनि कारबाही गरिएन। (त्यसको अर्थ भ्रष्टाचारमा कारबाही हुनुहुँदैन भन्ने होइन) षडयन्त्रात्मक अभिष्टसँग गाँसिएकोमा असहमति मात्र हो।
यहाँसम्म कि कांग्रेसभित्र चर्को गणतन्त्रको नारा दिएका गगन थापा र नरहरि आचार्य नै दरबारिया भएको गिरिजाप्रसाद कोइरालाले विराटनगरबाट सार्वजनिक गरेका थिए। अझ यी दुवैजना पश्चिमा सीआईए केन्द्रका विश्वासपात्र रहेको कुरा पुष्टी भइसकेको छ। उनै गगन अहिले प्रचण्ड सरकारमा स्वास्थ्य मन्त्री बन्न पुगेका छन्। दमननाथ ढुंगाना जसलाई कुनै समय दरबारिया निकटको आरोप पनि लगाइन्थ्यो र हाल उनी एनटीटीपी (सिआइए एनजिओ) डिल्लीबजारको भोजन गृहमा कार्यरत छन्। उक्त केन्द्र सीआईएको शाखा भएको खुलासापछि ढुंगानाको स्थान कांग्रेसका रामचन्द्र पौडेलले लिए। उनले नेपाललाई धर्म निरपेक्ष बनाउन १७ करोड धनराशी लिएको कुरा कांग्रेसी वृत्तमा रहेको छ। (स्रोत पूर्व गृहसचिवसँगको वार्तालाप)। र त्यसका लागि तनहुँमा उनका प्रतिस्पर्धी गोविन्दराज जोशीलाई विस्थापित गरियो। २०७० मंसिर ४ को निर्वाचनमा ईसाई कांग्रेसलाई योजनाअनुसार जिताइएको चर्चा छ। नयाँ राणा केन्द्रको उत्तराधिकारीका रुपमा शेरबहादुर देउवालाई स्थापित गर्न खुमबहादुर खड्का, किनारा लगाइए भने नरहरि आचार्यमार्फत सीआईए एजेन्डा हावी गराउन चिरञ्जीवी वाग्ले पाखा लगाइए। धर्म निरपेक्षताको बारेमा आ–आफ्ना बुझाई हुन सक्छन्। तर यसका लागि कांग्रेसभित्र डलरको खोलो किन बगाइयो? बहस हुन जरुरी छ।
यसका लागि दरबार र सेनाभित्रको विश्वासपात्र (सीआईए) राणा केन्द्रले २०५८ जेठ १९ मा हार्ड सैन्य ‘’कु’’ मार्फत तख्तापलट गरे। त्यही केन्द्र अख्तियारको आवरणमा परिचालन गरियो। तर कांग्रेसभित्रका अन्य ठूला भ्रष्टाचारीलाई संरक्षण गरियो। आईएनजीओसँग जोडिएका सीआईए (क्रिश्चियन) पक्षधरलाई केन्द्रमा हावी गराइयो। यहाँसम्मकी ढुण्डीराज शास्त्रीसम्मलाई पत्र काटेको अख्तियारले विजय गच्छेदार, लाउडा, धमिजा काण्डका गिरिजाप्रसाद कोइरालालाई कारबाही गरिएन। सेना र पश्चिमा आईएनजीओको पकड रहेकाले एमालेभित्रका कुनै पनि भ्रष्टाचारी कारबाहीमा परेका छैनन्। यसको कारण उद्गमदेखि सीआईए रणनीतिअनुरुप इतिहासका विभिन्न कालखण्डमा निर्देशन तामेली सहज र चुस्त भूमिकाबाटै निभाउँदै आउनु हो।
बाइबल साम्राज्य स्थापना गर्न पश्चिमाहरू दीर्घकालीन योजनासाथ काम गरिरहेका छन्। त्यो षडयन्त्र चौतर्फी रहेको छ। पास्टर ‘’ओक शु पार्क’’ जो अन्तर्राष्ट्रिय युथ फेलोसिपका निर्देशक हुन्। उनले पुनर्जन्म भन्ने पुस्तक लेखेका छन् र फ्रि तिब्बत आन्दोलन चलाइहेका छन्। क्रिश्चियन मिसनरीअन्तर्गत अमेरिकी अनुदानमा भारत, नेपाल, श्रीलंकालगायतका एसियाका युवाहरूलाई विभिन्न प्रलोभनमा फसाईरहेका छन्। जसमा छात्रवृत्तिअन्तर्गत, अमेरिका, वेलायत, युरोप, दक्षिण कोरियामा उच्च शिक्षा पढ्न पाइनेसम्मका आकर्षक योजना छन्। उनी दक्षिण कोरियाका नागरिक हुन्। उनी काठमाडौं चर्च थापाथली–११ मा बस्ने गर्दछन्। कांग्रेसभित्र उनको निकै ठूलो प्रभाव रहेको छ। तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङलाई धर्मनिरपेक्षताको घोषणा गर्न ११ करोड उनैले दिएको भनाइ छ। स्मरणरहोस् एमालेभित्र ७० प्रतिशत क्रिश्चियन एनजिओले पकड जमाएको छ।
यता कांग्रेसमा छात्रवृत्तिअन्तर्गत विदेश पठाउने र इशाई अभियानमा जोड्न शेरबहादुर देउवा, आरजु राणा जसको दक्षिण कोरियनसँग जोडिएको आईएनजीओ होसना फाउण्डेसन खतरनाक रुपमा परिचालित छ। शोभाकर पराजुली, सुजाता कोइराला जोष्ट (क्रिश्चियन पति), डा.नारायण खड्का (क्यानेडियन पत्नी), रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, शंकर भण्डारी र एन.पी. साउदसम्म कार्टर सेन्टरसँग जोडिएका युवा सञ्जालमार्फत जानेर या नजानेर ईसाई साम्राज्य स्थापनार्थको कुलतमा फसेका छन्। भक्तबहादुर बलायरलाई अगाडि राखेर देउवाले इसाईकरणलाई सहयोग पु¥याउने भूमिका निभाइरहेका छन्। वैचारिक नेतृत्व प्रदीप गिरीले गरिरहेका छन्, जसरी दरबार र पञ्चायतभित्र क्रिश्चियन पादरी डा. तुलसी गिरीले गरेका थिए। उनले अज्ञातनामबाट प्रकाशित पर्दाफास (सलिना थापा) लेखनमा भूमिका निभाए।
डा. लोकराज भण्डारी, जसले ललितपुरको चापागाउँ एरियामा दक्षिण कोरियाको ईसाई संस्थामार्फत् क्याथोलिक इन्टरनेशनल कलेज सञ्चालन गरिरहेका छन्, जहाँ कांग्रेसका शंकर भण्डारी लगायतको संलग्नता छ। त्यसैगरी कांग्रेस युवा नेता गगन थापा चाल्र्स मेन्डिजले चलाएको संगम इन्स्टिच्युट जुन धर्म निपरेक्षताताको लागि सबैभन्दा बढी सक्रिय रहेको छ, त्यसमा संलग्न छन्। त्यस्तै शान्तिका लागि साझा अभियान (कोक्याप), इन्टरनेशनल अलर्ट, इन्टरनेशनल आइडिया, मार्टिन चौतारी, इन्टरनेशनल (एनईपी) जस्ता पश्चिमाहरूद्वारा सञ्चालित संस्थाको आवरणमा ईसाई साम्राज्य स्थापनार्थ अभियानमा संलग्नता आफैंमा रहस्यमय छ।
हिमाली जिल्लामा आरडीसी र सिडाजस्ता अमेरिकन क्रिश्चियन आईएनजीओसँग सम्बद्ध जीवनबहादुर शाही जस्ता युवा पंक्तिलाई इसाईहरूले नजानिदो रुपमा प्रयोग गरिरहेका छन्। शाही हाल मन्त्री बनेका छन्। क्रिश्चियन पास्टर डा. केबी रोकाया र चाल्र्स मेन्डिजले होटल अर्किडमा २०७० पुस २४ गते (वल्र्ड हेरिटेज फेलोसिप संस्थाको आयोजनामा) हिन्दू धर्म र हिन्दू राष्ट्रको कुरा उठाउनेलाई सफाया गर्ने अभिव्यक्ति दिएका थिए। तर आज धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र भन्दै उनी ०४७ को संविधान पुनस्र्थापना भन्दै हिडिरहेका छन्। स्मरण रहोस्, समाजशास्त्री डा. सौभाग्यजंग शाहको हर्ट एट्याकबाट मृत्यु भनिए पनि उनको हत्या गर्न चाल्र्स मेन्डिज–गगन थापा लगायतको संलग्नता रहेको समेत भनाई छ।
इसाई धर्मको प्रचारले सन् १९९० को परिवर्तनपछि तीव्र्र छलाङ मारेको छ। पञ्चायतको अन्त्यतिर ३० जना मानिस धर्म परिवर्तन सम्बन्धी मुद्दामा जेल सजाय भोगेका थिए। त्यसपछि कसैलाई पनि कारबाही गरिएको छैन। सन् १९९१ मा अमेरिकी संसदले प्रस्ताव पारित गर्दै धर्म परिवर्तन गराउन दबाब दिएको थियो। उक्त प्रस्तावमा नेपालले चर्च विरोधी धारणालाई निरन्तरता दिएमा नेपाललाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने सम्मको चेतावनी थियो। सन् १९९३ फेब्रुअरीमा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले वासिङ्टनको हिल्टनमा आयोजित वार्षिक प्रभातकालीन प्रार्थनामा नेपालका रामशरण नेपाल थिए। उनलाई यहूदी फसल वृद्धिका लागी गरेको कदरस्वरुप त्यहाँ निम्त्याइएको थियो।
मध्यपहाड हिमाली क्षेत्र जहाँ पिछडिएको मतवाली समाज छ, उनीहरूले त्यही आँखा गाडेका छन्। इसाईहरू राजनीतिक रुपमा कसलाई हराउने, जिताउनेमा अहिले निर्णायक बन्दै छन्। भारत, अमेरिकी आणविक सम्झौताको विरोध पछि जसरी पश्चिम बंगालमा भाकपा (माक्र्सवादी) लाई किनारा लगाउन चर्च प्रयोग भए, त्यही अवस्था सिर्जना गराउन खोजिँदैछ। जस्तो काठमाडौंदेखि उत्तर पश्चिमको धादिङ जिल्लामा स्थानीय तामाङ जातिमा इसाई प्रभाव छ, उनीहरू निर्वाचनमा हारजितको निर्णायक प्रभावित पार्ने संख्यामा रहेका छन्। नेपाली कांग्रेसको तर्फबाट निर्वाचन लडेका तत्कालीन सांसद दामन पाख्रिनले उनीहरूकै समर्थनमा जित हासिल गरेको भनाई छ। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँडले रुपन्देहीमा इसाईकै सहयोगमा जितेको भनिन्छ। (स्रोतः डा. सौभाग्यजंग शाह, साउथ एसियन हिमाल, हिन्दू राज्यमा ईसाई सुसमाचारको प्रवेश)।
त्यसैगरी २०७० को दोस्रो संविधानसभा निर्वाचन जिताउन इसाई सम्प्रदायले उदयपुरमा डा.नारायण खड्का, काठमाडौंमा गगन थापा र नरहरि आचार्य, तनहुँमा रामचन्द्र पौडेल, जुम्लामा जीवनबहादुर शाहीलाई, डडेल्धुरामा शेरबहादुर देउवालाई ह्वीप जारी गरेको भनाई छ। त्यसैगरी उनीहरूलाई जिताउन सेनाभित्रको पश्चिमा धारको भूमिका अहम् छ। नेपाली कांग्रेसभित्र चर्चसँग नजिक रहनेहरू विशेष गरेर शेरबहादुर देउवाको केन्द्रलाई भरपर्दो आधार बनाएको पाइन्छ। किनकि जुलिया चाङ ब्लक, जो पूर्व पिसकोर स्वयंसेविका हुन्, उनले २०३३ देखि २०४० सालसम्म पाल्पा र रोल्पामा काम गरेकी र उनकै आत्मीय मित्र डा. आरजु राणा यो अभियानकी विश्वासिली सहयोगी हुन्। राप्रपा नेपालका केशरबहादुर विष्टको पनि उनीसँग घनिष्ट सम्बन्ध थियो। जुलियाकै मध्यस्थतामा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवासँग आरजु रणाको विवाह गराइएको घटना स्मरणीय छ।
२०४७ पूर्व लन्डनमा रहेका देउवालाई प्रायोजित रुपमा अगाडि ल्याइएको अहिले आएर स्पष्ट भएको छ। साथै तत्कालीन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई स्वयं त्यो विवाह रोक्न असफल भए। अर्कोतर्फ कोइराला केन्द्रमा स्वयं सुजाता कोइरालाकै पति जर्मनी क्रिश्चियन हुन्। हुन त कोइरालाहरू कुनै धर्म मान्दैनन्, न त संस्कार, संस्कृतिप्रति नै लगाव छ। केबल राजनीतिमा जसरी पनि आफ्नो पकड हुनुपर्दछ भन्ने नै छ। बीपी कोइराला जसले आफ्ना बाबुआमाको क्रिया गरेनन् भने उनकी बहिनीले मुसलमान सम्प्रदायमा बिहे गरिन्। सुजाता कोइरालाले बंगलादेशी रुबेल चौधरी जो क्रिश्चियन मुस्लिम क्रसलाई छोरी बिहे गरिदिइन्। बीपीका छोरा प्रकाश कोइराला लगायतले पनि त्यही कुरा पछ्याए, जसलाई गिरिजाप्रसाद कोइरालाले निरन्तरता दिए। (नेपाललाई धर्म निरपेक्षता बनाउन ३२ करोड सुजाताले लिएको चर्चा छ।)
गिरिजाप्रसादले डलरसँग साटिएर धर्म निरपेक्षता घोषणा गरे। त्यसैले होला व्यंग्यात्मक रुपमा कोइराला परिवारलाई यौन, धार्मिक–सांस्कृतिक सन्दर्भमा पशुवत प्रवृत्ति पनि भनिन्छ। त्यसैले धर्म–संस्कृतिप्रति दृढ आस्था राख्ने गीता, उपनिषद्, महाभारतका अध्येता कृष्णप्रसाद भट्टराईलाई उनीहरूले अपमान गरिनै रहे। गणेशमान सिंहको जिउँदै राजनीतिक हत्या गरे। त्यतिमा मात्र सीमित रहेन। ढुण्डीराज शास्त्री, जगन्नाथ आचार्य, सीके प्रसाईं, रामहरि जोशी आदि किनारा लगाइए। आफ्नोलै भान्जी शैलजा आचार्यलाई श्लो प्वाइजन (विष) दिएर हत्यासम्म गराए भन्ने भनाई छ। यो अभियानमा माछा–मासु नखाने, शाकारी कृष्ण सिटौला रअको प्रतिनिधत्व गर्दै युरोपका सटर हाउसको गाईको मासुको डलरमा कोइरालाहरुलाई साथ दिए।
शैलजाले नै कांग्रेसको पोखरा महाधिवेशनमा सुजाता कोइराला केन्द्रीय सदस्यमा उठ्ने क्रममा पार्टीको विधान मिचिएको भन्दै १० वर्षे क्रियाशील सदस्य नभएको भनेपछि रोकिएको थियो। जसको बदला गिरिजाप्रसाद र सुजाताले आचार्यसँग बदला लिए भन्ने भनाई छ। उनले संरक्षण गरेका शोभाकर पराजुली, कृष्ण सिटौला जस्ता नेताहरू घोषित र अघोषित रुपमा रहेका छन्। तथापि सुशील कोराला यो प्रवृत्तिसँग अलि टाढा रहेका थिए भन्ने मान्यता कांग्रेसभित्र छ तर सिआइए रणनीतिअन्तर्गत श्यामर पो रिम्पोछेको लाश ५० दिनपछि नेपालमा गाड्ने स्वीकृति चीनले आपत्ति जनाउदा जनाउदै पनि उनैले स्वीकृति दिदा उनको छबी नराम्रोगरी धुमलिन पुग्यो।
संविधानसभा (२०७०) निर्वाचनपूर्व सुशील कोइरालाको अमेरिका भ्रमण जावलाखेलमा केन्द्र बनाएको क्रिश्चियनले गराएको भनाई छ। (कारणवश नाम खुलाइएको छैन।) कांग्रेस र प्रचण्ड–बाबुराम गठबन्धनमार्फत इसाई एजेन्डा स्थापित गर्न त्यही इसाई केन्द्र सक्रिय रहेको छ। र अहिले देउवा–प्रचण्डको घाँटी जोडाउने भूमिकामा भारतको आवरणमा उनीहरु निर्णायक रहे।
देउवालाई ठूलो लगानी लगाउँदा पनि खासै निर्णायक नबनेपछि सुशील कोइरालालाई प्रयोग गर्न इसाईहरूले प्रयोग गरेका थिए। यसकारण संस्कृतिप्रति लगाव राख्ने लक्ष्मण घिमिरे, गोविन्दराज जोशी, रामचन्द्र अधिकारी, विनयध्वज चन्द, केबी गुरुङ, सुप्रभा घिमिरे, पीएल सिंह, बलदेव मजगैंया, गोविन्द भट्टराईलगायतलाई किनारामा धकेल्न स्वयं सुशीललाई नै अगाडि लगे। जुन बीपीले टंकप्रसाद धार समाप्त गर्न ०७ सालपछि भूमिका निभाएका थिए।
हुन त गणेशमान र कृष्णप्रसादको राजनीतिक हत्या गर्न पर्दाभित्र गिरिजालाई सहयोग गर्ने सुशील नै थिए। अहिले कांग्रेस विदेशी गुप्तचरहरूको केन्द्रीकृत अखडा बनेको छ। त्यसबाट मुक्त नगरे अब कांग्रेसलाई पनि २०३१ सालमा गठित नेकपा (चौम) अन्ततः प्रचण्डपथको रुपमा विस्तारित हुँदै इसाईकरणसँगै किनारा लाग्यो, कांग्रेस पनि किनारा लाग्नेछ र, मुलुकले नयाँ कोर्स लिने देखिन्छ। प्रचण्ड–बाबुरामको गद्दारीका विरुद्ध अहिले देशभक्त क्रान्तिकारीहरु नयाँ ध्रुवीरणको पहल गर्न बाध्य छन्।
टंकप्रसाद आचार्यको नीतिको निरन्तरता कठोर संघर्षमार्फत दिएका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले अन्त्यमा परित्याग गरेको कांग्रेस क्रिश्चियन कांग्रेसको रुपमा परिणत भएको छ भन्ने कुरा प्रचण्ड–देउवा गठबन्धन र मन्त्रीमण्डलको अनुहार हेर्दा स्पष्ट हुन्छ। पश्चिमा स्वार्थसँग गाँसिएको (सीआईए) सत्तासाझेदारी बीपी कोइरालाको जीवनभरिको राजनीतिको रणनीतिक अभिष्ट रह्यो। बीपीको निधनपश्चात् उक्त रणनीति परित्याग गर्दै २०४२ सालको सत्याग्रहबाट संघर्षतर्फ उन्मुख नेपाली कांग्रेस त्यसलाई भाँड्न पश्चिमा स्वार्थअनुरुप पञ्चायतसँग सत्ता साझेदारीको पहल गरेका गिरिजा र रामराजाप्रसाद सिंहको प्रयोगले रोकिए पनि ०४६ सालसम्म आइपुग्दा गणेशमानले अवलम्बन गर्दै आएको संयुक्त जनआन्दोलनले सत्ताको केन्द्रमा आइपुग्यो। इतिहासको यो मर्म कांग्रेसले आत्मसात गरेर अनुशरण गर्न नसक्नुको परिणाम गणेशमान र कृष्णप्रसादले कांग्रेस परित्याग गर्नुप¥यो।
चीन–रुसद्वारा निर्मित राष्ट्रिय उद्योगहरूको ध्वंश, कोशी, गण्डकी र महाकाली टनकपुर सन्धिमार्फत आफ्नै आमामाथि बलात्कार र राष्ट्रघात गर्दै ०६२-६३ पछि कथित धर्म निरपेक्षता उर्फ क्रिश्चियनीकरण गर्दै जातीयता, लैंगिक र क्षेत्रीयताको अनुमोदन साथ भाषा र संस्कृतिमाथिका विकृत अभ्यासको स्वार्थ रक्षा गर्न आइपुग्यो। यसलाई इतिहासदेखि निरन्तरता दिँदै आइरहेको बीपी कोइरालाको पश्चिमा साम्राज्यपरस्त नीति होइन, गणेशमान र टंकप्रसादको धारमा पुनर्गठित हुन नसके त्यसको समाप्ति निश्चित छ।
राजाका नाममा दातृ र मण्डले कम्युनिष्टका नाममा माले उर्फ एमाले, मसाल र प्रचण्ड माओवादी केन्द्र र बाबुराको नयाँ शक्ति होस् या अहिले बजारमा सुनिने गरेको ०४७ को संविधान पुनस्थार्पना बोकेको पूरानो शक्ति, प्रजातन्त्रका नाममा फ्रायडवादी बीपी कांग्रेस र रामराजाको जनवादी मोर्चा, पश्चिमा सीआईए रणनीतिका फरक धारामा सञ्चालित राजनीतिक केन्द्र हुन्। यसकारण सबै प्रकारका साम्राज्यवादी हस्तक्षेपका विरुद्ध चौतर्फी संघर्ष आवश्यक छ। धर्म निरपेक्षताको आवरणमा आएको इशाई साम्राज्यवाद र हिन्दु धर्मको आवरणमा आएको आरएसएस, साइबाबा, कृष्ण प्रणामी, स्कोन, राधेराधे, ओम शान्ति चीन घेर्न धर्मको आवरणमा नेपाललाई अमेरिकी अखडा बनाउने रणनीति हतियारमध्येको फरक धार हुन्। बहस हुन आवश्यक छ!!

No comments:

Post a Comment