Sunday, 4 September 2016

यी हुन् ढोका थुनेर हेर्नुपर्ने तीज गीत !

teeg song२० भदौ, काठमाडौं । तीज पर्वलाई हिन्दु नारीहरुले पवित्र पर्वको रुपमा लिन्छन् । मनका पीडा वेदना समेटिएको गीत गाउदै रातो साडी लगाएर मादलको तालमा छमछमी नाँचेर रमाइलो गर्ने परम्परा वर्षौदेखि कायम छ । नेपाली चेलीले यसैगरी ०७३ सालको तीज मनाएका छन् ।
तर, पछिल्लो समय कतिपय तीजका गीत (भाका, शब्द र भिडियो) ट्रयाकभन्दा बाहिर छन् । त्यति मात्रै हैन, केही तीजको भिडियो स-परिवार बसेर हेर्नसम्म सकिँदैन । ढोका थुनेर एक्लै हेर्नुपर्ने भिडियो कस्तो रहेछ त ? एकपटक नजर लाउने कि ?बेग रानाको शब्द संगीत रहेको ‘चिन्ता लाग्यो’ बोलको तीजको भिडियो परिवारका सदस्य एकै ठाउँमा बसेर हेर्नेखालको छैन । गीतले भनेको छ- लामो लुगा लाउनलाई भारी भो अब फेशन गैसक्यो सारीको… यसो भन्दै तिर्सना बुढाथोकीले स्कट लगाएर अभिनय गरेकी छिन् । न भाका तीजको जस्तो लाग्छ, न त शब्द संगीत नै । त्यसैगरी प्रविन थापा र टीका पुनको शब्द रहेको ‘क्या सेक्सी देखिन्छ’ बोलको अर्को गीतले पनि तीजको सामाजिक-सांस्कृतिक मर्ममाथि प्रहार गरेको आभाष हुन्छ ।
गीतले भनेको छ-
साडी र चोली लाउँदिन म त जवानी छेकिन्छ
छोटो-छोटो मिनिस्कट लाउँदा क्या सेक्सी देखिन्छ…
यो गीतमा पनि तिर्सना बुढाथोकीले मोडलिङ गरेकी छिन् भने उनलाई साथ दिएका छन् हास्य कलाकार बल्छी धुर्वेले ।
साडी चोली चाहिँदैन भन्ने यो गीतमा पनि तिर्सनाले अंग प्रदर्शनज गरेर चर्चा बटुल्न खोजेकी छिन् ।
त्यसैगरी दामोदर भण्डारी, ढाकाराम पौडेल र उमादेवी भण्डारीको स्वर रहेको ‘चाइनिज लुगा’ बोलको अर्को गीतको भिडियोमा पनि तीजको मर्म देखिँदैन

No comments:

Post a Comment