जनकपुरधाम / उपप्रधानमन्त्री
एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक स्थिरताका लागि संविधान संशोधन
महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । नेपाली काँग्रेस धनुषा जिल्ला
कार्य समितिद्वारा आज जनकपुरमा आयोजित स्वागत कार्यक्रममा उहाँले संविधान
संशोधन गरी कार्यान्वयन गरिएमा राष्ट्रबाट अन्योल समाप्त हुने बताउनुभयो ।
संविधानलाई सर्वस्वीकार्य बनाउन सीमाङ्कन निर्धारण, वैवाहिक अङ्गीकृत
नागरिकता प्रावधान, राष्ट्रियसभाको गठन र भाषाबारे संविधानमा संशोधनको
आवश्यकता रहेकोले सरकार संविधान संशोधानको गृहकार्यमा लागेको र छिट्टै
संशोधन प्रस्ताव दर्ता गराउने उहाँले जानकारी दिनुभयो ।संविधान संशोधन हुने बताउँदै उहाँले संशोधन गरी निर्धारित समयमै स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न नभएमा मुलुकमा शून्यताको स्थिति आउन सक्ने चिन्ता व्यक्त गर्नुभयो । “संविधानको पुनर्लेखन र संशोधन एउटै कुरा हो, यस बारेमा विपक्षी दल एमालेले भ्रम उत्पन्न गरिरहेको छ,” उहाँले भन्नुभयो । मधेसको मुद्दाको सम्बोधन सबै दलको एजेन्डा भएको र मधेसवादी दलले संशोधनमा सहभागिता जनाउनुआवश्यक भएको उहाँको भनाइ थियो । रासस
No comments:
Post a Comment