पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानविरुद्ध अपहेलनासम्बन्धी मुद्दामा सुनुवाई सकिएपछि प्रधानन्यायाशीश सुशीला कार्की र वरिष्ठ न्यायाधीश गोपाल पराजुलीसहितको इजालसले मुद्दा खारेज गर्ने फैसाला गरेको हो।
पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा भट्टराईलाई समेत जोडेर नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका तर्फबाट कोमलप्रसाद इटनीले अदालतको अपहेलनासम्बन्धी मुद्दा दर्ता गराएका थिए।पत्रकार थापाको हत्या आरोपमा माओवादी कार्यकर्ता पक्राउ परेपछि तत्कालीन महान्यायाधिवक्ता प्रधानले अनुसन्धान रोक्न निर्देशन दिएको आरोप छ।
सर्वोच्चमा विचराधिन मुद्दामा अनुसन्धान रोक्न निर्देशन दिएर अपहेलना गरेको भन्दै रिट दायार गरिएको थियो। यसमा थप सुनुवाई वा निर्णय आवश्यक नरहेको ठहर गर्दै सर्वोच्चले रिट नै खारेज गरेको हो।
No comments:
Post a Comment