गत मंसिर दुईमा भएको निर्णय अनुसार सरोकारवालासँगको छलफल पछि आजदेखि नियम कडाइका साथ लागू हुन लागेको हो।
नयाँ प्रावधान अनुसार आजदेखि मालबाहक सवारी साधन बिहान ९ देखि ११ तथा साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न पाउनेछैनन्। तर पानी र इन्धन बोक्ने सवारीलाई भने रोकतोक हुनेछैन।
पिक आवरमा देखिएको अत्याधिक सवारी चापलाई व्यवस्थापन गर्न ट्राफिकले यो प्रावधान लागू गर्न लागेको हो।
नयाँ प्रावधान अनुसार माइक्रोबसले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन्। साथै अनावश्यक सिट जोडिएको हुनुहुने छैन। त्यस्तै लामो दूरीका बसहरु अवदेखि बसपार्कबाटै छुट्नुपर्ने प्रावधान बनाइएको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ।
यातायात व्यवस्था विभागले उपत्यकाका बिद्यालय बसहरुलाई बिहान ९ बजेसम्म बिद्यालय पुगिसक्नुपर्ने र अपरान्ह चार बजे बिद्यार्थी छाडेर गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको थियो।
No comments:
Post a Comment