३० असोज, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजायँ फैसला भए पनि
फरार रहेका एक व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।
मनाङ भ्राका गाविस ३ घर भई काठमाडौंको धोबिचौर बस्दै आएका राजु घलेलाई प्रहरीले खिचापोखरीबाट पक्राउ गरेको हो ।
उनीमाथि काठमाडौं पुरानो बानेश्वरका १९ वर्षीय सुवर्ण गुरुङको हत्या अभियोग लागेको थियो । घलेसहितका १० जनाले २०५७ कात्तिक १८ गते ठमेलस्थित जुली डिस्कोमा गुरुङलाई सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट घाइते गुरुङको सोही दिन बीर अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।
गुरुङको हत्यालगत्तै फरार भएका घलेलाई काठमाडौं जिल्ला अदालतले २०६४ पुस १२ गते जन्मकैदको फैसला सुनाएको थियो ।
उनलाई यहि असोज १६ गते केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरी आज अदालतमा पेश गरेको थियो । आज नै काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको व्यूरोले जनाएको छ

No comments:
Post a Comment