Saturday, 1 October 2016

संविधानमा होस्-नहोस्, नेपाल हिन्दु देश नै होः देउवा

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा जे लेखिएको भएपनि नेपाल हिन्दु देश भएको बताएका छन् ।

एउटा धार्मिक संस्थाको स्मारिका विमोचन कार्यक्रममा शुक्रबार डेढ घण्टा विताएका काँग्रेस सभापति देउवाले भने, संविधानमा होस्, नहोस् नेपाल हिन्दु देश नै हो ।’

उनले अघि भने, म हिन्दु हुँ । यो देश हिन्दु हो । संविधानले के भन्छ भन्दा पनि नेपाली जनता हिन्दु हुन् । त्यसैले सबै आस्थावान छन् ।’



२०६२/०६३ सालको जनआन्दोलनपछि पुर्नस्थापित भएको प्रतिनिधिसभाले नेपाली काँग्रेसको नेतृत्वमा मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेकामा संविधानले पनि धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ ।

No comments:

Post a Comment