Thursday, 13 October 2016

रसियाद्वारा तेस्रो विश्वयुद्ध शुरु भएको अनौपचारिक संकेत ,अ

omabamaaputincaptureसिरियालाई लिएर बढ्दो तनावबीच रसियालाई तेस्रो विश्व युद्धको डरले पिरोलेको छ। उसले आफ्ना सबै अधिकारीहरुलाई निर्देशन जारी गर्दै विदेशमा रहेका आफ्ना नातेदार र परिवारका सबै सदस्यहरुलाई स्वदेश फर्काउन भनेको छ।
रसियाली सञ्चारमाध्यमका अनुसार देशका उच्च अधिकारीहरुले यो चेतावनी राष्ट्रपति भ्लादिमीर पुटिनबाट जारी भएको पुष्टि गरेका छन् । अधिकारीहरुका अनुसार राष्ट्रपतिको कार्यालयले लिखित नोटिश नै जारी गरेको छ ।
तेस्रो विश्वयुद्धको कारण सिरिया
रसियन समाचार अनलाइन जान्का डटकमको रिपोर्टमा भनिए अनुसार पुटिनले यो कदम आफ्नो फ्रान्स भ्रमण अचानक रद्द गरेपछि चालेका हुन् ।
सिरियामा जारी संघर्षलाई लिएर मस्कोको भूमिकाको आलोचना भइरहेका बेला पुटिनले फ्रान्सको भ्रमण रद्द गरेका थिए । उनी अघिल्लो साता पेरिस जाने तयारीमा थिए ।
फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्दले हालै क्रेमलिन सिरियामा युद्ध अपराधमा लिप्त रहेको आरोप लगाएका थिए । फ्रान्सेली राष्ट्रपतिको यही भनाईका कारण पुटिनले फ्रान्सको भ्रमण रद्ध गर्ने निर्णय लिएको बताइएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार तनाव बढ्दै गएपछि रसियाले पोल्यान्डसँग सीमाना जोडिएको क्षेत्र नजिकै आणविक क्षमतायुक्त मिसाइल पनि तैनाथ गरेको छ ।
यसै महिनाको शुरुवातमा पुटिनका एक मन्त्रीले आफूहरुले मस्कोका १२ लाख मानिसलाई सुरक्षित स्थानमा राख्नका लागि आणविक बंकर बनाएको जनाएका थिए ।
पूर्व सोभियत नेता मिखाइल गोर्बाच्येभले पनि रूस र अमेरिकाबीच तनाव बढिरहँदा विश्व एक खतरनाक मोडमा पुगेको चेतावनी दिएका थिए ।
रुसले जारी गरेको अर्डर कस्तो हो ?
रिपोर्टका अनुसार प्रशासनिक कर्मचारी, प्रान्तीय कर्मचारी, सांसद्हरु र जन संस्थानहरुका कर्मचारीहरुका लागि अर्डर जारी गरेर विदेशी स्कूलमा पढिरहेका आफ्ना बालबालिका र त्यहाँ रहेका सबै नातेदारहरुलाई तुरुन्त स्वदेश फर्काउन भनिएको हो । यदि यो निर्देशन नमानेमा कर्मचारीहरुले आफ्नो बढुवाको अवसर पनि गुमाउनुपर्ने चेतावनी दिइएको छ ।
रिपोर्टमा यस्तो आदेश जारी गर्नुको भित्री कारण भने प्रष्ट भइनसकेको जनाइएको छ । यसको एउटा कारण आफ्ना नागरिकलाई पश्चिमाको प्रभावबाट बचाउन पनि हुन सक्ने बताइएको छ ।
तर पनि रसियन राजनीतिक विष्लेशक स्तानिसलभ बेलकोवस्कीले भने यो अर्डर ठूलो युद्धका लागि देशमा एलिट क्लास तयार गर्ने उपायको एउटा हिस्साकारुपमा रहेको बताएका छन् ।
सिरिया यसरी बन्यो अमेरिका र रूसको अखडा
सन् २०११ मा भएको एक घटनाले सिरियामा गृहयुद्धको रुप लिएको हो । केही मुट्ठीभर बच्चाहरुको गिरफ्तारीबाट शुरू भएको यो संघर्ष दोस्रो विश्वयुद्धपछि विश्वका लागि सबैभन्दा ठूलो मानवीय संकट बनिसकेको छ ।
राष्ट्रपति बसर अल असदवि‍रुद्ध हिंसक प्रदर्शनका क्रममा ३ लाख मानिसले ज्यान गुमाइसकेका छन् । करिब १ करोड मानिसले घरबार गुमाइसकेको अवस्गथा छ । जबकि यो जनसंख्या सिरियाको जनसंसख्याको आधा हो ।
अगस्त २०१२ मा अमेरिकाले यस मामिलमा हस्तक्षेप गर्यो । अमेरिकाले यो देशमा विद्रोहीलाई सघाउँदै आएको छ। मे २०१३ पछि रूस सिरियाको युद्धमा सामेल भयो ।
अमेरिकाले विद्रोहीलाई सघाइरहँदा रसियाले भने असद सरकारलाई सघाउन यहाँ प्रवेश गरेको हो । यसअघि शीत युद्धका क्रममा रूस र अमेरिकाबीच सम्बन्ध बिग्रेको थियो ।
हालैका दिनमा जब यो सम्बन्धमा फेरि तनाव आयो तब वासिङ्गटनले सिरिया मामिलाबारे वार्ताबाट आफ्नो हात झिक्यो । अमेरिकाले सिरियामा रूसमाथि आफ्नो हमलालाई ‘ह्याक’ गरेको आरोप लगाउँदै आएको छ ।
सिरिया आइएआइएसको पनि अखडा
सिरियालाई पहिले अलकायदा र अब आइएसआइएसले पनि आफ्नो लडाइँको मैदान बनाइरहेका छन् । आइएआइएसले पहिले रक्का र त्यसपछि मोसुल शहरमाथि कब्जा जमाएको छ ।
अबु बक्र अल बगदादी यो समूहलाई नेतृत्व गरिरहेका छन् । यसको उद्धेश्य सिरियामा कडा इस्लामिक विचारधारा लागू गर्नु रहेको छ ।
आइएआइएसका आतंकवादीले कब्जामा लिइएका अमेरिकीसँग क्रुर व्यवहार गर्दै आएका छन् । सेप्टेम्बर २०१४ मा अमेरिकी विमानले सिरियामा आइएस आतंकवादीविरुद्ध निशाना बनाउन थालेको थियो ।
अमेरिकासँग गठबंधन देशको सेनामा साउदी अरब, जोर्डन, बहराइन र यूएई पनि सामेल रहेका छन् ।
अमेरिकी कारबाही देखेपछि रुस पनि यो युद्धमा सक्रिय भयो । ३० सेप्टेम्बर २०१५ मा सिरियामा हवाई हमलाका लागि रूसको संसदमा प्रस्ताव पास भयो । र, त्यही दिन साँझ सिरियाको होम्स सहरमा रुसले पहिलो हवाई हमला गर्यो ।

अमेरिकी सेनाको लडाकु जहाजमा मिसाइल आक्रमण

अमेरिकी नौसेनाको लडाकु पानी जहाजमा मिसाइल आक्रमण भएको छ । नौसेनाको पानी जहाजमा यमनतर्फबाट मिसाइल आक्रमण भएको अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।
सेनाको जहाजलाई निशाना बनाएर हानिएको मिसाइल जहाजमा नलागेकाले ठूलो दुर्घटना टरेको अमेरिकी रक्षा मन्त्रालयको दाबी छ । अमेरिकाले कसले मिसाइल प्रहार गर्यो भन्ने तथ्य सार्वजनिक नगरे पनि यसको जवाफी कारबाही गर्ने तयारी गरेको छ ।
बिबिसीले उल्लेख गरेअनुसार अमेरिकी नौसेनाको जहाजलाई निशाना बनाएर प्रहार भएको मिसाइल यमनको हुथी विद्रोही नियन्त्रित क्षेत्रबाट आएको छ ।अमेरिकी नौसेनाको जहाजमाथि जारी आक्रमणको शृङखलामा यो चार दिनको दोस्रो आक्रमण हो ।
कारोबार दैनिकबाट

No comments:

Post a Comment