Tuesday, 6 September 2016

महिला सङ्घ महाधिवेशनको तयारीमा, ७३ जिल्लाको अधिवेशन सम्पन्न - See more at:

mahila sanghकाठमाडौं, २१ भदौ । नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनका सिलसिलामा ७३ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । सङ्घको यही भदौ २९ देखि ३१ गते काठमाडौँमा हुने तेस्रो अधिवेशनका लागि नुवाकोट र रुपन्देहीबाहेक ७३ जिल्लामा अधिवेशन सम्पन्न गरिएको केन्द्रीय सदस्य हरिप्रभा खड्गीले जानकारी दिए । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सबै भ्रातृ संस्थाको निर्वाचन ६ महिनाभित्र गरिसक्ने निर्णय गरेसँगै महिला सङ्घ अधिवेशनमा गर्न लागिएको हो । तेस्रो राष्ट्रिय महाधिवेशनमा दुई हजार २४४ मतदाताले मतदान गर्न पाउने भएका छन् । देशभरका २४० निर्वाचन क्षेत्रबाट नौ जनाका दरले दुई हजार १०, सभापतिले मनोनीत गर्ने १० जना, वर्तमान केन्द्रीय समिति ४४ र विदेशस्थित सम्पर्क समितिबाट ३० जनाले भाग लिन पाउने महिला नेत्री इन्दिरा तिवारीले जानकारी दिए । लोकतान्त्रिक राज्य व्यवस्था एवम् मूल्य पद्दतिको स्थापनाका लागि स्वर्गीय मङ्गलादेवी सिंहको नेतृत्वमा विसं २००४ साउन २४ मा स्थापना भएको महिला सङ्घको अहिले बल्ल तेस्रो अधिवेशन हुन लागेको हो । सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडि परेका महिला वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई अगाडि बढाउन विसं २००४ मा स्व सिंहको सक्रियतामा चिनियाँलाल श्रेष्ठको घरमा महिला भेला गराई ११ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।

No comments:

Post a Comment