Saturday, 24 September 2016

भारतलार्इ तनाव हुनेगरी पाकिस्तानमा रूसी र पाकिस्तानी सेनाको संयुक्त सैन्य अभ्यास

काठमाडौं, ८ असोज ।  त्यो सैन्य अभ्यास पाकिस्तानको चेरातबाट संचालन हुने भएको छ । सेप्टेम्बर २३ बाट सुरु हुने भनिएको यो सैन्य अभ्यासका लागि रुसी सेना पाकिस्तान आइसकेको छ । यो घटनापछि भारत झस्किएको छ ।

 पाकिस्तानी सेना प्रवक्त्ता लेफ्टिनेन्ट जनरल असीम बाजवाले भनेका छन्, ‘रुसी भुमी सेनाको एक जमात पहिलो पाक–रुस संयुक्त युद्धअभ्यासको लागि आईपुगेको छ ।’रुसी सैनिक २३ सेप्टेम्बर बाट १० अक्टुबर सम्म २ हप्ताको लागि यस देशमा रहनेछ । दुबै देशका करीब २०० सैनिक दुई हप्ताको ‘फ्रेन्डसिप २०१६’ नाम बाट युद्धअभ्यासमा भाग लिनेछन् ।

यस युद्ध अभ्यास यस्तो समयमा हुनेछ, जब मास्को अनी इस्लामाबादको बिच रक्षा सम्बन्ध मजबुत भएको छ अनी इस्लामाबाद अत्याधुनिक रुसी युद्ध बिमान किन्ने सोचमा रहेको छ ।पाकिस्तानमा मइ २०११ मा ऐबटाबादमा सिआईएको गोप्य छापामा अलकायदा प्रमुख ओसामा बिन लादेनको मृत्युपश्चात अमेरिकासँग सम्बन्धमा दरार आएपछि आफनो विदेश नीतिको विकल्पको बढाउने निर्णय गरेको थियो ।

 चीनले पाकिस्तानलार्इ कास्मिर मुद्धामा सहयाेग गर्ने वचन दिइरहेकाे बेला रूसले पाकिस्तानलार्इ साथ दिनेगरी याे संयुक्त सैन्य अभ्यास गरेपछि भारत सबैतिर एक्लिएकाे छ । भारत र पाकिस्ताबीच कास्मिर विवादले तनाव लिइरहेको बेला रुस र पाकिस्तानले संयुक्त सैन्य अभ्यास गर्न थालेका छन् ।

No comments:

Post a Comment