भीष्म थापा
शुक्रबार सामाजिक सञ्जालमा सीता दाहालको चर्चा निकै चुलियो । आलोचनाको व्यापार गर्न पसल खोलेर बसेका एकथरीले सीता दाहालको पहिरनदेखि हाउभाउको ठेक्का लिएका थिए । उनीहरुका लागि सीता दाहाल कमाउको पात्र बनेकी थिइन र उनीहरुका शब्दले सीता दाहाललाई शिष्टाचार सिकाइरहेका थिए । मानौं, उनीहरु कुनै अद्वितीय लोकबाट आएका हुन र त्यस्तै महिलाहरुको कोखबाट जन्मेका हुन, जसले जन्मिनेबेला नै ‘हेलो”, ‘हाई’ भन्दै गाला जोड्न सिकेका हुन्छन् ।
प्रसंग थियो भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीसँगै उभिएर तस्वीर लिएर उभिएको बेला सीता दाहाल हात बाँधेर बसेको तस्वीरको । सीता दाहाल मोदी छेऊमा उभिएकी थिइन हात बाँधेर । मोदी र प्रचण्डले तस्वीर लिइरहेका थिए । सीता दाहाल मौन देखिन्थिन् ।
यो तस्वीर सार्वजनिक भएपछि एकथरीले यसलाई प्रचण्डविरुद्धको अस्त्र बनाउन खोजे । उनीहरुले ‘सीता किन त्यसरी उभिइन ?” ‘सीतालाई शिष्टाचार पनि आउँदैन ?’ ‘सीता दाहाल मोदीको छेऊमा उभिनु गलत हो’ जस्ता प्रचार शुरु गरे । प्रचारको सिलसिलामा यतिमै रोकिएन, उनीहरुले सीता दाहालको वैयक्तिक जीवनमा समेत प्रहार गरे ।
सीता दाहाल मोदीसँग उभिनुलाई नैतिकतासँग जोडे उनीहरुले । एकजना स्याङ्जाको व्यक्ति एन.पी स्याङ्जालीले त तस्वीरमा नै अत्यन्तै भद्दा कमेन्ट समेत लेखेर तस्वीर प्रचार गरेको देखियो ।
यी सबै कमेन्टहरुको सार एउटै थियो– सीता दाहालले मर्यादा जानिन्, उनले शिष्टाचार जानिनन् । यसको भित्री आशय थियो– सीता दाहाल गँवार हुन, सीता दाहाल पाखे हुन ।
यो छूद्रताको चर्चा चल्नु आवश्यक नै थिएन । र, पनि चल्यो । एकथरी जसलाई प्रचण्डको जुंगाको रौं कतिखेर हल्लिएला र लेखम्ला भन्ने परको हुन्छ, उनीहरुले यसलाई उछाले ।
तर आदरणीय छूद्रता बोकेका मनुवाहरु, एकजना महिलाका बारेमा तपाईहरुलाई यसरी टिप्पणी गर्ने छूट कसले दियो ? सीता दाहाल प्रधानमन्त्री पत्नी हुन, के प्रधानमन्त्रीले यूरोपियनहरुको जस्तो संस्कार भएकी महिलासँग मात्रै बिहा गर्नुपर्ने हो ?
आलोचनाको पसल थापेर बसेकाहरु, तपाईहरु कस्तो आमाको कोखबाट जन्मिनु भएको हो ? यदि तपाईका आमा दिदीहरु सीता दाहालको ठाउँमा भएको भए उनीबाट तपाईले कस्तो अपेक्षा राख्नुहुन्थ्यो ?
सीताको व्यवहारले देशकै शीर निहुरिएको ठान्नेहरु हो, तपाईहरुले शिष्टाचारको तालिम केन्द्र खोलिदिएको भए एकजना आम महिला प्रधानमन्त्री भएर राजकीय भ्रमणमा जानु अघि तालिम लिन आउँथिन् कि ?

No comments:
Post a Comment