Monday, 5 September 2016

उपराष्ट्र्रपति पुनद्वारा फोटो प्रदर्शनी अवलोकन

Nanda_Bahadur-Pun_Pasang_PJ_Club२० भदौ, काठमाडौं । उपराष्ट्र्रपति नन्दबहादुर पुन (पासाङ)ले फोटो पत्रकार क्लब नेपालले आयोजनामा गरेको फोटो प्रदर्शनी सोमबार अवलोकन गरेका छन् ।
प्रदर्शनीको चौथो दिन सोमवार नेपाल आर्ट काउन्सिलमा पुगेर उपराष्ट्र्रपति पुनले फोटो अवलोकन गरेका हुन् । अत्यन्त चाख लिएर प्रदर्शनी अवलोकन गरेका उनले केही तस्वीरहरूलाई आफ्नो मोबाइल क्यामराबाट खिचेका थिए ।
अवलोकनपछि उपराष्ट्र्रपति पुनले प्रदर्शनीले नेपालको पहिचान र यथार्थ अवस्थाबारे जानकारी दिनुका साथै यसले हाम्रो संस्कृति पनि झल्काएको बताए ।
अवलोकनकर्ताको सुझाव एवम् प्रतिक्रिया लिन राखिएको पुस्तकमा उपराष्ट्रपति पुनले लेखेका छन्, ‘फोटो आफैमा सम्पूर्ण कथा हो र एउटै फोटोले हजार वटा प्रमाणको काम गर्दछ ।’
सोमबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पूर्वमन्त्री महेश बस्नेत, राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्का, एमाले नेतृ रामकुमारी झाँक्री, नाडाका महासचिव कृष्णप्रसाद दुलाल, विभिन्न विद्यालयका विद्यार्थीहरूले फोटो प्रदर्शनी अवलोकन गरेका छन् ।
प्रदर्शनी भोलि मंगलवार सकिने छ ।

No comments:

Post a Comment