काठमाडौँ, १२ असोज – परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति प्रकाशित गरी
पाकिस्तानको इस्लामावादमा आगामी कात्तिक २४ र २५ गते आयोजना गरिन लागिएको
दक्षिण एसियाली क्षेत्रीय सहयोग सगंठन (सार्क) को १९ औँ शिखर सम्मेलनमा
अफगानिस्तान, बंगलादेश, भूटान र भारत सहभागी नहुने जनाएको छ ।
ती सदस्य राष्ट्रहरुले वर्तमान दक्षिण एसियाको क्षेत्रीय परिस्थिति असहज भएका कारण देखाउँदै शिखर सम्मेलनमा सहभागी नहुने बताइएको छ ।
मन्त्रालयले पछिल्लो यस घटनालाई गम्भीरताका साथ लिएको उल्लेख गरेको छ ।
नेपाल सरकारले वर्तमान सार्कको अध्यक्षका हैसियतले ती सार्क सदस्य राष्ट्रहरुलाई १९औँ सार्क शिखर सम्मेलनमा सार्कको बडापत्रलाई मनन गर्दै सहभागी हुने वातावरण सिर्जना गर्न आग्रह गरेको छ ।
सम्बन्धित समाचार

No comments:
Post a Comment