२० भदौ, काठमाडौं । ‘बजेट सानो छ’ भनेर तपाईं मोटरसाइकल छाडेर सेकेण्ड
ह्याण्ड गाडी किन्दै हुनुहुन्छ ? पुराना गाडी किन्दा भोग्नुपर्ने हैरानी र
किनेपछिको सर्भिसिङ खर्चबारे सोचेर पनि हैरान हुनुहुन्छ होला ।
तर, अब इन्टि्र लेभलका नयाँ कारहरु सस्तो मूल्यमा नै उपलब्ध हुन थालेका छन् । नेपालमा नयाँ कार चढ्ने सपना हुनेहरुले अब १४ लाख रुपैयाँ खर्च गर्दा हुने अवस्था आएको छ ।
नयाँ कार चढ्नका लागि ठूलै बजेट चाहिन्छ भन्ने भ्रमलाई चिर्ने कार हो, डाटसनको ‘रेडी गो’ । यो नेपाली कार बजारमा सबैभन्दा सस्तो, नयाँ र उत्तिकै आकर्षक मोडल हो ।
जापनिज ब्राण्ड डाटसनको ‘रेडी गो’ फेमिली हृयाचब्याक कार हो । नेपालमा सार्वजनिक भएलगत्तै यो चर्चा र आकर्षणमा छ ।
कम आम्दानी भएका मध्यम बर्गीय परिवारको नयाँ कारको सपनालाई साकार गर्न यो सक्षम बन्ने क्रममा छ । नेपालमा यसको रोड पर्फमेन्स र क्षमताको पुरा परीक्षण अझै हुन बाँकी नै छ । तर, पनि यसका फिचर्सहरुले धेरैलाई तानेको छ ।
डाटसन गाडीको नेपाली बिक्रेता पायोनियर मोटोकर्प ‘रेडी गो’ नेपाली बजारमा अब्बल गाडी सावित हुने क्रममा रहेको बताउँछ । यसको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा यो कारले मुलतः हुन्डाई इओन र मारुती अल्टोसँग प्रतिस्पर्धा गर्दैछ । अब योसँगै प्रतिस्पर्धा गर्न रेनल्टको क्वीड पनि नेपाल आइपुगेको छ । यसअघि डाटसनले भित्राएको गो र गो प्लस नेपाली ग्राहकमाझ लोकपि्रय बनिसकेका छन् । डाटसनका नेपालमा २ वर्षदेखि गाडी बिक्री हुँदै आएका छन् ।
भर्खरै सकिएको नडा अटो शोमा पनि झण्डै १५० रेडी गो बुक भएको कम्पनीको दावी छ । मेलमा यो कार उपभोक्ताको ध्यान तान्न सफल भएको थियो ।

No comments:
Post a Comment