Thursday, 29 September 2016

भारतले सिन्धुको पानी रोके ब्रह्मपुत्र रोकेर भारतलाई नै मरुभूमि बनाइदिने चीनको धम्की

काठमाडौं, १३ असोज । काश्मिरको उरी आक्रमणपछि भारतले पाकिस्तानलाई सिन्धु नदीको पानी रोक्ने चेतावनी दिइरहेका बेला चीनबाट भारतको पूर्वी भागमा बग्ने ब्रम्हपुत्र नदी रोक्ने चेतावनी आएको छ ।
भारतीय मिडियाका अनुसार यसै डरले भारतले पाकिस्तानमाथि आक्रमण नगरेको बताइन्छ ।
उरी आक्रमणपछि विवाद चर्किरहेका बेला पाकिस्तानलाई कमजोर बनाउन भारतबाट पाकिस्तानमा बग्ने सिन्धु नदि रोक्ने चेतावनी भारतले दिइरहेको छ । यसअघि पनि सन् १९४८मा भारत पाकिस्तान विवाद हँुदा भारतले यो नदी रोकेको थियो ।
विहीबार बाहिर आएको समाचारमा चीनले यसपटक पाकिस्तानलाई साथ दिँदै पाकिस्तानमा बग्ने सिन्धु नदी रोके चीनबाट भारतको पूर्वीभाग भएर बग्ने भारतको सबैभन्दा ठूलो ब्रम्हपुत्र नदी रोकेर मरुभुमिमा परिणत गरिदिने चेतावनी दिएको छ ।
भारतको पूर्वउत्तरमा बग्ने सबै भन्दा ठुलो नदी ब्रह्मपुत्र नदी नै हो, अन्य सबै नदीहरु यसकै सहायक नदी हुन् भने यो नदी चीनले रोके भारतको पूर्वी भागका राज्यहरुमा खडेरी सिर्जना हुनेछ ।
पाकिस्तानको जलाधारको रुपमा लिइने सिन्धु नदी भारतको उत्तर हिमालयबाट बग्छ र यसको आसपासमा लगभग ३० करोड मानिस बस्छन् ।

No comments:

Post a Comment