Wednesday, 21 September 2016

अमेरिकी सैन्य क्याम्पमा आइएसको रासायनिक रकेट आक्रमण

मसुल, ६ असोज, इस्लामिक अतिवादी समूह आइएसले र्इराकस्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गरेको छ । यो आक्रमणबाट भने कोही पनि घाइते नभएको जनाइएको छ । र्इराकको मसुल शहर नजिक रहेको क्वायरा एयर बेसमा आइएसले रासायनिक रकेट आक्रमण गरेको हो । सो क्याम्पमा सयौं अमेरिकी सैनिक बस्दै आएका छन् । र्इराकमा रहेका संयुक्त सुरक्षा फौजमाथि आइएसले पहिलो पटक रासायनिक हतियार प्रयोग गरेको हो । यो आक्रमणबाट कुनै क्षति नभए पनि आइएसले अब अमेरिकी सैनिकलाई सताउने आँकलन गरिएको छ ।

No comments:

Post a Comment