चितवन, ९ असोज । माओबादी द्धन्द्धको समयमा
भएको आफ्नो छोराको हत्यारालाई कारवाहीको माग गर्दै बाबुआमा नै आमरण बसेपछि
चर्चित बनेको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको फैसला
आइतबार हुँदैछ ।अनसनका क्रममै बाबु नन्दप्रसाद अधिकारीको दुई वर्षअघि मृत्यु भएपछि न्यायका लागि उनले अधिकारी दम्पत्तिले उठाएको कदमले विश्वको ध्यान खिचेको थियो । हत्या गरिएका अधिकारीकी आमा नन्दमाया भने अहिलेसम्म अनसनमै रहँदै न्यायको लागि लडिरहेकी छन् ।
अहिले भने केही दियता अनसन रोकेर अदालतको फैसला कुरिरहेकी छन् । चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएकोले आइतबार अन्तिम पेशी तोकिएको जानकारी दिए । उनका अनुसार यस घटनाका वादी तथा प्रतिवादीतर्फका वकिलको मुद्दा पेशी नहटाए तोकिएकै दिन आइतबार फैसला हुनेछ ।
छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै अनशनमा बसेकी गंगामायाले गएको भदौ २७ गते अनशन तोडेकी थिइन । चितवन जिल्ला अदालतको श्रेष्तेदारसहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गंगामायासँग बकपत्र गरेको थियो !!!
२०६१ जेठ २४ गते कृष्णप्रसाद अधिकारीको चितवनको रत्ननगरमा हत्या भएको थियो । नन्दप्रसाद अधिकारीले आफ्नो छोरोको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाइ नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएका मध्ये ८ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारिखमा छोडेको थियो । यस घटनामा संलग्न भनिएका दुईजना अझै सम्पर्कमा आएका छैनन् ।

No comments:
Post a Comment