एभरेष्ट दैनिक ।
काठमाडौं, असोज ५ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भूकम्पबाट अति प्रभावित जिल्लाका ८४ प्रतिशत भूकम्प पीडित जनतालाई पहिलो किस्ता उपलब्ध गराएको छ ।
प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै ४५ दिनभित्र भूकम्प पीडितलाई पहिलो किस्ता उपलब्ध गराउने घोषणा गरेका थिए । तर, पूनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीले घोषणा गरिएको मितिमा अनुदान दिन नसकिने बताएपछि प्रचण्डले प्राधिकरणलाई कडा निर्देशन दिँदै ४५ दिनभित्र भूकम्प पीडितले राहत रकम नपाए हेलिकोप्टरबाट भएपनि राहत बितरण गर्ने बताएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले एक महिने विशेष अभियानको घोषणा गरेर अनुदान बितरण गरेको थियो ।
भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि सरकारले भूकम्प पीडितलाई वास्ता नगरेको भन्दै ओली सरकारको ब्यापक आलोचना भएको थियो । ओली नेतृत्वको सरकारले नौ महिनामा जम्मा ३२ हजार भूकम्प पीडितलाई पहिलो किस्ता उपलब्ध गराएको थियो । तर, प्रचण्डले सरकारको नेतृत्व सम्हालेपछि ४७ दिनमै ३ लाख ७५ हजार ७ सय १५ जना पीडितले राहत रकमको पहिलो किस्ता प्राप्त गरेका हुन् ।
प्रचण्ड सरकारले पहिलो किस्ता समयमै दिएकोमा खुसी व्यक्त गर्दै गोरखाका पीडित दानबहादुर गुरुङ्ले भने, ‘बल्ल देशमा सरकार रहेछ भन्ने अनुभूति भयो । सरकारको निर्णयले हामी उत्साही छौं ।’ यसै गरी सिन्धुपाल्चोकका भूकम्प पीडित डब्बुबिर तामाङले भने, ‘तीन दिनअघि पहिलो किस्ता पायौं । देशमा सरकार छैन झैं लाग्थ्यो, हाम्रो दुख बुझ्ने सरकार पनि नेपालमा रहेछ ।’
भूकम्प पीडित जनतालाई घर पुनर्निर्माणका लागि उपलब्ध गराइने पहिलो किस्ताको अनुदान सहयोग रकम वितरणका लागि भदौ १ गतेदेखि असोज २ गतेसम्म सञ्चालन गरिएको एक महिने विशेष अभियानका क्रममा ३ लाख ७५ हजार ७ सय १५ भूकम्प पीडितहरुलाई १८ अर्ब ७८ करोड ५७ लाख ५० हजार वितरण गरिएको हो । पूनर्निर्माण प्राधिकरणले दिएको जानकारी अनुसार असोज २ गतेसम्म ८४ प्रतिशत घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । प्राधिकरणका एक कर्मचारीले भने, ‘ अहिलेसम्म ओली सरकार रहेको भए ४० हजारले पनि अनुदान पाउने थिएनन् होला ।
प्रचण्ड प्रधानमन्त्री भएपछि अनुदानको कामले तिब्रता पाएको छ । प्रचण्डको काम गर्ने स्पिड देखेर हामी पनि चकित भएका छौं ।’

No comments:
Post a Comment