Saturday, 24 September 2016

शरीरमा उर्दु शब्द कुदिँएको शंकास्पद परेवा भारतमा सामितियो

उरी आक्रमण पश्चात बढेको भारत-पाकिस्तान तनावको बिच एक रोचक घटना भएको छ। भारतको गुप्तचर विभागले एक शंकास्पद परेवा समातेको खबर छ।


पञ्जावको होशियारपुरमा समातिएको परेवाको पखेटामा उर्दुमा केही लेखिएको भेटिएपछि प्रहरी तिनछक परे। झट्टै अनुमान पनि लगाए, परेवा पाकिस्तानबाट आएको हो।

परेवाको पंखेटामा नम्बर र शरीरमा उर्दुमा केही शब्द लेखिएको भारतीय मिडियाले प्रहरी स्रोत उल्लेख गर्दै समाचार लेखेका छन्।

परेवामा लेखिएको उर्दुका शब्द अनुवाद गर्दा आइबार, बुधबार र शुक्रबार लेखिएको बताइएको छ। साथै एघार अंकको एक नम्बर पनि परेवाको शरीमा कुदिँएको भेटिएको छ।

पाकिस्तानको मजाक
हिजो मात्र मुम्बईमा हतियार सहित शंकास्पद व्यक्तिहरु घुमिरहेको खबर आएका थिए। यो संगै भेटिएको यो परेवामा कुनै चिप वा क्यामेरा लगाइएको छ कि भनि अधिकारीहरुले परेवाको स्क्यान गरेका छन्। उता पाकिस्तानी मिडियाले भने भारतीय सेनाले आतंकारी षड्यन्त्र मानेर परेवाको स्क्यान गेरको मा मजाक उडाएका छन्।

हिशियारपुरमा मोरटा गाउँ स्थित एक स्थानियको घरमा बसेको परेवामा केही लेखिएको देखेपछि घरमूलीले प्रहरीलाई खबर गरेका थिए। परेवा अहिले पञ्जाव प्रहरीको कब्जामा छ।

No comments:

Post a Comment