सत्तारूढ माओवादी केन्द्रले २५ सय सदस्यीय पार्टी केन्द्रीय समितिको आकार
घटाउन छलफल सुरु गरेको छ । शनिबार पेरिसडाँडास्थित मुख्यालयमा सुरु पार्टी
सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रीय
समितिको आकार घटाउने प्रस्ताव गरेका हुन् ।कान्तिपुर दैनिकले समाचार छापेको छ । केन्द्र, प्रदेशदेखि जिल्लासम्मै भद्दा पार्टी संरचना निर्माण गर्दा दैनिक काम सम्पादनलगायत संगठन सञ्चालनमा कठिनाइ भएको भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
आइतबारको बैठकमा सदस्यहरूले उक्त प्रस्तावमाथि धारणा राख्ने कार्यक्रम छ । ठूलो संख्या भएकै कारण भदौ ११ देखि भृकुटीमण्डपमा गर्ने भनिएको पार्टी केन्द्रीय समिति बैठकसमेत हुन सकेन । दाहालले अर्को बैठकको मिति तोक्न सकेका छैनन् ।
माओवादी केन्द्रको मंसिर अन्तिम साता हुने भनिएको राष्ट्रिय महाधिवेशनसमेत स्थगित भइसकेको छ । प्रवक्ता पम्फा भुसालका अनुसार बैठकले पार्टीको विधि र संगठनात्मक व्यवस्थापनबारे निर्णय लिनेछ ।

No comments:
Post a Comment