छोराछोरी श्रीमतीलाई सुख दिन्छु भनेर श्रीमान विदेश जाँदा,यता श्रीमतीले छोराछोरी छाडेर के गरिन् यस्तो काम पड्नुहोस!!!!

हर्दिनेटा गाविस वडा नम्वर ८ वाँसखर्कका ३२ वर्षिय रामबहादुर नेपालीकी श्रीमती वेपत्ता भएको र घरमा स–साना वालवालिकाहरुको विचल्ली भए पछि उनी दुई महिनामै घर फर्केका हुन् । गुल्मीकै नयाँगाउँमा माईती घर भएकी उनकी २९ वर्षिया श्रीमती दुर्गा नेपाली भदौं २९ गते देखि घरबाट बेपत्ता भएको पिडित नेपालीले बताए ।
त्यस दिन विहान करिव ९ वजेको समयमा श्रीमती दुर्गा छोरा छोरीलाई स्कुल जाउ भनेर घरबाट हिँडेको बताईएको छ । यस अघि पनि दुवईको सारजामा दुई तिन पटक आवत जावत गर्ने नेपाली दुई महिना अघि मात्र घर आएर गएको बताउँछन् ।
घरमा ८ वर्षका एक छोरा र १० वर्षकी एक छोरी छाडेर ३ वर्षको काखका एक छोरा लिएर घरबाट हिँडेपछि उनको फोन सम्पर्क हुन छाडेकोले माईतीमा सम्पर्क गरिएको र तिजमा उनी माईतीमै रहेको जानकारी परिवारले दिएको उनले बताए ।
घरमा रहेको पाठो समेत वेचेको र धेरै संघ संस्थाबाट र श्रीमानले ऋण तिर्न पठाएको रकम सहित ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप श्रीमानले लगाएका छन् । उनले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी समेत दिएको बताए ।
यस सम्वन्धमा ति महिलाको माईती घर नयाँगाउँ ६ मा सम्पर्क राख्दा उनकी आमा रुपा नेपालीले छोरी तिजमा आउदा आफुहरुले नचिनेको मान्छेसंगै लिएर आएको बताईन् । “हामीले चिनेका थिएनौं एउटा केटा संगै आई दरखाने दिन र पञ्चमीका दिन सम्म वसेर संगै गएका हुन् ।” आमा रुपाले भनिन्, “छोरीले फुपु पर्नेका छोरा हुन् भने पछि विश्वास गरेर राखेका हौं ।” निज युवाले आफ्नो मावली गुल्मीकै विरवास बताएको र घर वुटवल बताएको उनले थपिन् ।
उक्त युवाले गाडी चलाउने काम गर्छु भनेको उनको भनाई छ । तिज जस्तो चाड पर्वमा छोरीसंगै आएको मान्छेलाई स–सम्मान राखेर छोरी संगै पठाएको दोश्रो दिन म घर आएर छोरी विरामी परेर उपचार गर्दै छु भनेको तर दोश्रो दिन देखि मोवाईल स्वीच अफ गरेर छोरीले पिर चिन्तामा पारेको उनकी आमाले बताईन् ।
उनले यस अघि छोरी कहिल्लै गलत बाटोमा नहिँड्ने गरेको, ज्वाईले विदेशमा कमाए पनि छोरीले यहाँ बचाएर सम्पत्ती जोडेको बताउँदै छोरी त्यसरी कसैसंग जान नसक्ने वरु कसैले मारेकी भन्ने पिरले आफुहरु निद न भोक भएको सुनाईन् । उनले छोरीको सास कि लास भेटाई दिन सवैसँग सहयोगको अपिल समेत गरिन् ।
। उता उनका श्रीमानले श्रीमती आफुलाई छाडेर कतै जान नसक्ने भन्दै जहाँ भए पनि र कतै कुनै गलत मान्छेले फसाएको भए पनि घरमा आएर छोरा छोरी सम्हाली दिन आग्रह गरेका छन् । सात वर्ष अघि विवाह भए देखि श्रीमतीले आफुले कमाएको जोगाएको र माया पनि निकै दिने गरेकोले आफुले विर्सन नसक्ने भन्दै उनले श्रीमती प्रतिको माया कायमै रहेको बताए ।
छोरा छोरीहरुले पनी सम्पर्कमा आउन आग्रह गरेका छन् । त्यो परिवारले वेपत्ता उनको तस्वीर समेत दिएर कोही कसैले कतै देखे भेटे प्रहरीमा खवर गरी दिन आग्रह गरेका छन् ।

No comments:
Post a Comment