Monday, 26 September 2016

भैरवसंग खड्ग साट्दै ज्ञानेन्द्र

सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पुजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन्।

पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्ध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ। असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएका हुन

मल्ल राजा गुणकामदेवको पालादेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन बर्सेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए।

२०५८ सालामा राजा भएपछि राष्ट्रध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरी जात्रामा सहभागी हुन असोज १६ गते भीसेनस्थान पुग्दैछन्। आजको अन्नपूर्ण दैनिकमा खबर छापिएको छ।

No comments:

Post a Comment