Saturday, 24 September 2016

भैरहवा विमानस्थल पुगेको यति एयरको विमान रन वे छोडेर घाँसे मैदानमा जोतियो

yati-plane-8काठमाडौँ / यति एयरलाइन्सको विमान अवतरणका क्रममा भैरहवा विमानस्थलमा दुर्घटनामा परेको छ। पाङ्ग्रामा समस्या आएपछि विमान रन वे छोडेर घाँसे मैदानतिर मोडिएको थियो। विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ । प्रहरीका नायव उपरीक्षक बेलबहादुर पान्डेका अनुसार मानवीय क्षति नभए पनि विमान क्षतिग्रस्त भएको छ। काठमाडौंबाट भैरहवा उत्रने क्रममा उक्त दुर्घटना भएको हो। काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको एन एआइडी नंंको विमान अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो। विमानमा २९ जना यात्रु थिए। पाँच यात्रु सामान्य घाइते रहेको विमानस्थलले जनाएको छ । घाइतेको युनिभर्सल मेडिकल कलेज अफ साइन्समा उपचार भइरहेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ ।

No comments:

Post a Comment