अमेरिकी राष्ट्रपति बराक ओबामाले चीनले आफ्नो आक्रामक ब्यवहारको परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् ।
विवादित दक्षिणी चीन सागरमा चीनले देखाइरहेको ब्यवहार आक्रमक रहेको भन्दै ओबामाले छिमेकी चिढ्याउने चीनले परिणाम भोग्नु पर्ने चेतावनी दिएका हुन् ।
अबामाले भनेका छन्, “मैले चिनियाँ राष्ट्रपतिलाई सन्देश दिनका लागि भने कि, अमेरिका संयमता अपनाएर मात्र यहाँ पुगेको हो” ।
जी २० सम्मेलनमा चीन पुग्दा अपमानित भएका ओबामाले त्यहाँबाट सिएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन् कि, ”हामी अन्तराष्ट्रिय मानक र नियमको पालना यसकारण गर्छौं किन भने हामी यसलाई मान्नु पर्छ भनेर होइन यसमाथि विश्वास भएर । दीर्घकालीनरुपमा अन्तराष्ट्रिय ब्यवस्था मजबुद गर्नु सबैको हितमा छ ।”
ओबामाले चीनले अन्तराष्ट्रिय मानक र नियम विपरित काम गरेमा त्यसको परिणाम भोग्न तयार हुनु पर्ने चेतावनी समेत दिएका छन् । चीनको शान्तिपूर्ण उदयलाई अमेरिकाले स्वागत गर्ने तर शक्तिहिन र विघटनको दिशामा रहेको चीन सबैका लागि खतरनाक हुने समेत ओबामाले बताएका छन् ।
चीनले भने दक्षिणी चिनियाँ सागरमा अन्तराष्ट्रिय हस्तक्षेप स्वीकार्य नहुने बरु युद्ध गर्न तयार रहेको बताउँदै आएको छ । ओबामाको पछिल्लो अभिब्यक्तिले अमेरिका र चीन दक्षिण चाइना सागरमा भिडन्तको मुडमा रहेको देखाएको विश्लेषकहरुले बताएका छन् ।
स्मरण रहोस जी २० सम्मेलनमा सहभागी हुन चीन पुगेका अमेरिकी राष्ट्रपति बराक ओबामालाई चीनले रेडकार्पेट स्वागत नगरेको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव चलिरहेको छ । ओबामालाई विमानस्थलबाटै अपमान गरेर बेइज्जत गरिएको भन्दै अमेरिकी संस्थाहरुले प्रतिक्रिया जनाउन थालेपछि चीन र अमेरिकाबीच सम्बन्ध चिसो हुने अनुमान पनि शुरु भएका छन् ।
ओबामा चीनको विमास्थल पुग्दा अप्रत्यासित अवस्थाको सामना गर्नु परेको थियो । विमानस्थल पुग्नासाथ चिनियाँ अधिकारीहरुले राष्ट्रपति ओबामाका स्टाफलाई झपारे । हाङ्झुमा ओबामाको विमानस्थलमा ओर्लिनासाथ चिनियाँ सुरक्षा अधिकारीहरुले एक निल्लो रसी ढाँगेर पछाडी रिपोर्टर्सहरुलाई धकेलेका थिए । रसी नाग्न खोजेपछि चिनियाँ सुरक्षा अधिकारीहरुले ओबामाका एक स्टाफलाई झपारेका थिए । सुरक्षा नियम मिचेको भन्दै अमेरिकी राष्ट्रपतिका स्टाफलाई चिनियाँ अधिकारीहरुले यो हाम्रो देश हो, विमानस्थल पनि चीनकै हो भन्दै झपारेको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

No comments:
Post a Comment