६ असोज, काठमाडौं । मकवानपुर जिल्लाको स्थानीय तह पुनर्संरचना प्राविधिक
सहयोग समितिले मकवानपुरमा ९ वटा स्थानीय तह गठन गर्नुपर्ने प्रस्ताव
सहितको प्रतिवेदन स्थानीय तहको संख्या र सीमांकन निर्धारण आयोगलाई बुझाएको छ
।
जिल्ला विकास समिति मकवानपुरको नेतृत्वमा गठन भएको प्राविधिक समितिले ९ वटा स्थानीय तहको सीमांकन, नामाकंन र सम्भावित विशेष तथा संरक्षित क्षेत्र समेत निर्धारण गरेर प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा एक उपहानगरपालिका, एक नगरपालिका र बाँकी सातवटा गाउँपालिका रहने गरी जम्मा ९ वटा स्थानीय सरकार गठनको प्रस्ताव गरिएको छ ।
हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका, बैकुण्ठ वा मेन्दोलिङ गाउँपालिका, वाग्मती गाउँपालिका, भिमफेदी गाउँपालिका, राप्तीदुन नगरपालिका, राक्सिराङ्ग गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको नाम र सीमांकन प्रस्ताव गरेको छ ।
तर, राजनीतिक दलहरुले भने १२ वटासम्म स्थानीय तह गठनका लागि प्रस्ताव गरेको प्राविधिक समितिले आयोगलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
बकैया गाउँपालिका
प्रस्तावित यस गाउँपालिकामा पाँचवटा गाविस गाभिनेछन् । सिंठन, मन्थली, छतिवन, शिखरपुर र धिमाल गाविसलाई मिलाएर एउटा गाउँपालिका बनाउने प्रस्ताव गरिएको हो । यस गाउँपालिकाको आम्दानीको स्रोतमा कृषि र पर्यटकीय क्षेत्र देखाइएको छ । तर कुनै पनि आम्दानीको स्रोत व्यवस्थित नभएको प्रतिवेदनमा उल्लेख छ ।
यस गाउँपालिका अन्र्तगतका भूभागमा अहिलेसम्म एउटा पनि फोहोर प्रशोधन वा संकलन केन्द्र छैन । घुम्न पुग्ने पर्यटकका लागि एउटा पनि पार्क छैनन् । यातायात सेवा अन्र्तगत वसपार्कको निर्माण भएको छैन भने एउटा पनि पिच भएको सडक छैन ।
यस्तै जम्मा ३२ किलोमिटर सडक मात्र ग्राविल भएका छन् । कच्ची सडकको लम्बाइ भने ८८ किलोमिटर रहेको छ । प्रस्तावित यस गाउँपालिका स्वीकृत भए त्यहाँ जंगलको भूभाग २५ हजार ९ सय ५३ वर्गमिटर क्षेत्रफलमा फैलिएको वन रहेको छ ।
धेरैजसो कृषियोग्य समथर भूमि र केही पहाडी भूमि रहेको उक्त गाउँपालिका जैविक विविधताले सम्पन्न रहेको र त्यहाँको आम्दानीको मुख्य स्रोत कृषि हुने प्रतिवेदनमा उल्लेख छ ।
थाहा नगरपालिका
यसमा अहिले रहेको थापा नगरपालिकामा थप तीन गाविस गाभिनेछन् । प्रतिवेदनमा आग्रा, टिष्टुङ्ग, चित्लाङ्ग गाविस गाभ्ने प्रस्ताव गरिएको छ । यस नगरपालिकाको जनसंख्या ४० हजार रहेको प्रतिवेदनमा उल्लेख छ । उत्त नगरपालिकाका लागि सबै भूभागमा पर्यटकीय क्षेत्र रहेको र त्यसको विकास गर्न सकिने लेखिएको छ । प्रस्तावित यस नगरपालिकामा अहिले ५२ वटा पीच भएका सडक छन् भने ग्राभेल भएका ९९सडक छन् । यस्तै १ सय ५८ वटा कच्ची सडक छन् ।
त्यसमध्ये अहिलेको आग्रा गाविस विकासका दृष्टिकोणले पछाडि परेको तथ्यांकले देखाएको छ । प्रस्तावित थाहा नगरपालिका सिंचाइमा पछाडि रहेको तथ्यांकले देखाएको छ । उक्त नगरपालिका सिँचाइ सुविधाविहीन नगरपालिका हुनेछ । तर, विद्युतीकरणमा भने अगाडि देखिएको छ । उक्त नगरपालिकाभित्र पर्ने अहिलेका गाविसहरुमा समेत कम्तिमा ८० प्रतिशत विद्युतीकरण भइसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस नगरपालिकामा २ सय ५५ वटा साना उद्योग छन् । तर, एउटा पनि ठूलो उद्योग छैन । एउटा पनि होटल छैन । तर, प्रतिवेदनले प्रस्तावित गाउँपालिका स्वीकृत भए पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको क्षेत्र हो । दामन, पालुङ र चित्लाङसहितको क्षेत्र पर्यटकीय तथा व्यावसायिक खेतिका लागि उर्वर भूमि रहेको प्रतिवेदनमा उल्लेख छ ।
हेटौंडा उपमहानगरपालिका
प्राविधिक समितिले मकवानपुरमा एउटा उपमहानरपालिका समेत गठन गर्ने प्रस्ताव गरेको छ । प्राविधिक समितिले तयार पारेको प्रतिवेदनमा साविकको हेटौंडा उपमहानगरपालिकामा मकवानपुरगढी गाविसलाई गाभिने प्रस्ताव छ ।
प्रतिवेदनमा उपहानगरपालिकाको आर्थिक अवस्था मजवुत रहेको र त्यहाँ अहिले नै ७ वटा ठूला उद्योग रहेको बताइएको छ । यस्तै घरेलु, साना र मझौला गरी ३ हजार ७ सय ९० उद्योगहरु छन् । ६ वटा तारे होटल छन् भने साना होटल तथा लजको संख्या प्रशस्त रहेको प्रतिवेदनमा उल्लेख छ ।
बैकुण्ठ वा मेन्दोलिङ गाउँपालिका
प्राविधिक समितिले साविकका गाविसहरु कालिकाटार, भार्ता, गोगने, डाँडाखर्क र नामटार गाविसलाई गाभेर एउटा गाउँपालिका बनाउन प्रस्ताव गरेको छ । यस क्षेत्रमा अति विपन्न, जनजाति बाहुल्यता र भौगोलिक विकटता भएको क्षेत्र भएकाले बिशेष क्षेत्रका रुपमा घोषणा गर्नुपर्ने पनि प्रस्ताव छ ।
त्यस क्षेत्रमा एउटा पनि वित्तीय संस्था छैनन् भने ५० प्रतिशत घरमा मात्र विद्युतिकरण भएका छन् । त्यसमध्ये १० प्रतिशत सोलारबाट विद्युत सेवा पाएका छन् ।
प्रस्तावित उक्त गाउँपालिकामा एउटा पनि बसपार्क, सामुदायिक भवन र प्राविधिक विद्यालय नभएको प्रतिवेदनमा उल्लेख छ । प्राविधिक समितिले जनजातिहरुको बाहुल्यता र आर्थिक रुपले विपन्नताको बाहुल्यता रहेको उक्त गाउँपालिकालाई बिशेष क्षेत्र सिफारिस गरेको छ ।
बाग्मती गाउँपालिका
प्राविधिक समितिले प्रस्ताव गरेको बाग्मती गाउँपालिकामा साविकका तीन गाविसहरु राईगाउँ, फापरबारी र वेतिनिलाई मिलाउने प्रस्ताव छ । प्रस्तावित गाविसको जनसंख्या ३० हजार रहेको छ । त्यस क्षेत्रमा १२ वटा पर्यटकीय क्षेत्र छन् ।
यहाँ बसपार्क छैन भने ढल निकासको पनि व्यवस्था छैन । प्रस्तावित गाउँपालिकाका करिब ५० प्रतिशतसँग खानेपानीको सहज पहुँच छ । तर, त्यहाँका सबै गाउँहरु खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएका छन् ।
तर, एउटा पनि वित्तीय संस्था स्थापना भएका छैनन् । फापरबारीका ८० प्रतिशत घरमा विद्युतीकरण भएका छन्, राई गाउँ गाविसमा अहिलेसम्म सोलारबाट जम्मा १० प्रतिशत घरमा विद्युतीकरण भएका छन् ।
वेतिनी गाविसमा एउटा घरमा पनि विद्युतीकरण हुन सकेको छैन । यस्तै उद्योगधन्दाको विकास हुन सकेको छैन भने होटल व्यवसायको विकास हुन सकेको छैन ।
प्राविधिक समितिका अनुसार जिल्लाको पूर्वी भूभागमा पर्ने प्रस्तावित गाउँपालिकामा विकासका पूर्वाधारहरु छैनन् । सडक सञ्जालले यो गाउँपालिकालाई छुन सकेको छैन । तर, उच्च भूभाग भए पनि प्रायः समथर भूभाग रहेकाले भविष्यमा यस क्षेत्रमा विकासको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
भीमफेदी गाउँपालिका
जिल्ला प्राविधिक समितिले साविकका आमभञ्झ्याङ, सुकौरा, भैंसे र विबुवाटार गाविसलाई मिलाएर भीमफेदी गाउँपालिका गठनको प्रस्ताव गरेको छ । प्रस्तावित उत्त गाउँपालिका खानेपानीको पहुँचमा छ । तर, विकासका अन्य पूर्वाधारको राम्रो विकास हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
विद्युत उत्पादनका लागि निकै धेरै सम्भावनाहरु रहेको भन्दै जिल्ला प्राविधिक समितिले यसको सदूपयोग हुन सके प्रस्तावित यस गाउँपालिकाको भविष्य निकै सुन्दर रहेको उल्लेख गरेको छ । यस क्षेत्रमा वन संरक्षरण निकै राम्रो रहेको, तर आर्थिक स्रोतको सदुपयोग हुन नसकेको प्रतिवेदनमा लेखिएको छ ।
राप्तीदुन गाउँपालिका
जिल्ला प्राविधिक समितिले साविकका मनहरी र हाँडिखोला गाविसलाई मिलाएर राप्तीदुन गाउँपालिका गठनको प्रस्ताव गरेको छ । यसको जनसंख्या करिब ३८ हजार ३ सय ९९ रहेको छ । हेटौडा उपनगरपालिकासँग सीमाना जोडिएको प्रस्तावित गाउँपालिका सडक सञ्चालको पहुँचबाट पनि सम्पन्न छ ।
३२ हजार वर्गमिटर क्षेत्रफल वनजंगलले ओगटेको छ । यस क्षेत्रमा २ वटा बैंक स्थापना भइसकेका छन् भने १३ वटा सहकारी संस्था रहेका छन् । यस क्षेत्रको ८० प्रतिशत भुभागमा विद्युतीकरण भएका छन् । १५ वटा व्यापारिक केन्द्र रहेका छन् ।
समथर भूभागमा रहेको यस गाउँपालिका शहरी विशेषता विकास हुँदै गएकाले भविष्यमा नगरपालिकामा स्तरवृद्धि हुने सम्भावना रहेको प्राविधिक समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।
राक्सिराङ गाउँपालिका
साविकका राक्सिराङ, काँकडा, सरिखेत र खैराङ गाविसलाई मिलाएर राक्सिराङ गाउँपालिका बनाउने उल्लेख छ । उक्त गाउँपालिकामा एउटा विशेष संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ । अति विपन्न, सीमान्तकृत चेपाङ र जनजाति वाहुल्यता क्षेत्र भएकाले विशेष संरक्षित क्षेत्र घोषणाको प्रस्ताव गरिएको हो ।
प्रस्तावित यस गाउँपालिकामा पिच सडक निर्माण हुनै सकेको छैन भने जम्मा ७ किलोमिटर ग्रावेल सडक बनेको छ । कच्ची सडकको दुरी पनि निकै कम छ । उच्च भुभागमा रहेको गाउँपालिका भएकाले विकासका पूर्वाधार नरहेको प्रतिवेदनमा उल्लेख छ ।
इन्द्रसरोवर गाउँपालिका
मकवानपुर जिल्ला प्राविधिक समितिले साविकका कुलेखानी, मार्खु, सिस्नेरी, फाखेल, इमापञ्चक, कोगटे गाविसहरुलाई गाभेर एउटा गाउँपालिका गठन गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित गाउँपालिकामा १७ हजार ५ सय ८५ जनसंख्या रहनेछन् ।
कुलेखाने बाहेक यस गाउँपालिकामा पक्की सडकको दुरी निकै कम छ । यस्तै ग्राभेल गरेको सडकको दूरी करिब ५० किलोमिटर मात्र छ । तर करिब ८० प्रतिशत घरमा विद्युतिकरण भएका छन् । विकासका पूर्वाधारको राम्रो विकास नभए पनि प्रस्तावित गाउँपालिका पर्यटकीय क्षेत्र तथा तरकारी खेतीको उच्च सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

No comments:
Post a Comment