Tuesday, 27 September 2016

भारतसँग रहेका ८ घातक कमाण्डो फोर्स (फिचर)

भारत र पाकिस्तान युद्धको धम्की र प्रतिधम्कीको भाषा बोलिरहेको समयमा २ देशसँग रहेको सैनिक शक्तिको तुलना भैरहेको छ । भारत पाकिस्तान भन्दा सैनिक संख्या र हतियारको हिसावले बढी शक्तिशाली छ तर पाकिस्तानसँग पनि घातक हतियार छन् ।

भारतको सेना संसारका शक्तिशाली सेना मध्ये मानिन्छ । भारतीय सेनामा ८ सैनिक विशेष कमाण्डो फोर्सले दुष्मनलाई सहजै घुँडा टेकाउन सक्ने दावी भारतीय मिडियाले गरिरहेका छन् ।

भारतीय ९ सैनिक कमाण्डोका विशेषताः

१- NSG नेशनल सिक्युरिटी गार्डः
भारतीय सेनाको विशेष कमाण्डो मध्ये एक हो नेशनल सिक्युरिटी गार्ड हो । यसमा भारतीय सेनाको तीनै अंग (हवाइ, स्थल र नौसेना)बाट छनौटमा परेका अधिकृत तथा पुलिस अधिकृत हुन्छन् ।


२- SPG स्पेशल प्रोटेक्शन ग्रुपः

स्पेशल प्रोटेक्शन ग्रुप भारतीय सेनाको शक्तिशाली कमाण्डो हो । यो मुख्यतः प्रधानमन्त्रीको सुरक्षामा खटिने कमाण्डो हो । यो फोर्समा हतियारको निपुर्णता मात्र होइन कुटनीतिक ब्यवहार समेत महत्वपूर्ण मानिन्छ । प्रधानमन्त्री भएकै समयमा इन्दिरा गान्धीको हत्या भएपछि भारतमा यो कमाण्डो स्थापना गरिएको थियो ।

३- Mar मार्कोसः
मार्कोस एक भारतीय सैनिक जनरलको नाम हो । उनकै नामबाट भारतीय नौसेनाको विशेष कमाण्डो फोर्सको नाम राखिएको हो । यो कमाण्डो स्थल, जल र बायु तीनै क्षेत्रमा युद्ध गर्ने क्षमता भएको कमाण्डो फोर्स हो ।

४- Garud गरुडः
गरुड कमाण्डो भारतीइ बायुसेनामा कडा तालिम दिएपछि पैदा हुने फोर्स हो । गरुडका जवान पानी हावा र रातमा समेत युद्ध गर्ने क्षमता राख्छन् ।


५- Elite एलिटः
भारतीय सेनाको बायु सेनाकको स्पेशल युनिट हो । यो कमाण्डोमा ३० देखि ३५ हजार फिट उचाइबाट छलाङ लगाउने तालिम लिएका जवानहरु रहेका हुन्छन् ।

६- Cobra-1 कोब्रा-1
भारतीय सेनामा रहेका क्रोब्रा १ कमाण्डो गुरिल्ला युद्ध गर्ने विशेष कमाण्डो हो । कोब्राका जवानहरुले भेष बदल्ने देखि गुरिल्ला शैलीमा युद्ध गर्न माहिर मानिन्छन् ।

७- SWAT स्वातः
भारतीय सेनामा रहेको स्वात कमाण्डो भारतीय राजधानीको लागि स्थापित फोर्स दिल्ली स्पेसल कमाण्डो हो । यो दिल्ली पुलिस कमिश्नर प्रति जवाफदेयी हुने यो फोर्स दिल्लीका मुख्यमन्त्रीको सुरक्षा देखि अन्य कुरामा जिम्मेवार छ ।

८- CISF
यो कमाण्डो फोर्स विमानस्थल, मेट्रो रेल स्टेशन र औद्योगिक क्षेत्रको सुरक्षाको लागि बनाइएको भारतीय सेनाको विशेष कमाण्डो फोर्स हो ।

No comments:

Post a Comment